FLASH NEWS
  • Loading...

‘जेसिज कप’ न्यू वेष्टपोईन्ट विजयी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५० पटक पढिएको
Post Thumbnail

पुनहिल– सदरमुकाम बेनीमा सम्पन्न १७ औं जेसिज कप अन्तर माध्यामिक विद्यालय स्तरिय फुटवल न्यू वेष्टपोईन्ट आवसिय माविले कब्जा गरेको छ ।


शनिवार सम्पन्न फाईनल खेलमा केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध चार गोलको फराकिलो अन्तरले पराजित गरी साविक विजेता वेष्टपोईन्टले कप हात पारेको हो । प्रतियोगितामा वेष्टपोईन्टले पहिलो र दोस्रो हाफमा दुई–दुई गोल हानेका थिए । चार गोलमध्य ७ नम्बर जर्सीका स्टाईकर मसिन श्रेष्ठले दुई गोल गरे ।


प्रतियोगितामा विजेता न्यू वेष्टपोन्टले जेसिज कप सहित ४० हजार नगद, ट्रफि, मेडल हात पारेको हो । उपविजेता केवी एकेडेमीले २५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र बोकेर घर फर्केको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी उपविजेटा केवी एकेडेमीका नारायणप्रकास पुन, उत्कृष्ट डिफेन्डर केवी एकेडेमीकै थविन पुनले हात पारे । सर्वाधिक गोलकर्ता न्यू वेष्ट पोईन्टका मनिस श्रेष्ठ र गोल रक्षक सज्जन बराईलीले हात पारे । ७ नम्बर जर्सीका श्रेष्ठले प्रतियोगिता अवधिभर ७ गोल प्रहार गरे ।