FLASH NEWS
  • Loading...

सडक पुगेपछि गाउँमै खुल्यो रोजगारी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८७ पटक पढिएको
सडक पुगेपछि गाउँमै खुल्यो रोजगारी

कल्पना केसी

घारम्याग्दी_– ग्रामिण सडकले परम्परागत ग्रामिण जीवनशैलीमा परिवर्तन ल्याउन थालेको सडकको पहुँचसँगै रोजगारीको अवसरहरु गाउँमै थपिएको निर्माणस्थलसम्मै सडक पहुँच पुगेपछि जलविधुत आयोजना समेत सरकारी कार्यालयहरु पनि धामाधम बन्न थालेका छन

ग्रामिण सडक पुगेपछि म्याग्दीका गाउँमा कृषी, भवन निर्माण लगाएत विभिन्न निर्माण क्षेत्रमा रोजगारी सृजना गरिरहेको गाउँलेलाई दैलो मै रोजगारी सृजना गर्ने मध्यको एक हो, पोखरेघारशिख सडक भवन निर्माण शैलीमा आएको परिवर्तनसँगै गाउँमै निर्माण मजदुरको माग ह्वात्तै बढेको दक्ष सिकर्मी, डकर्मी मात्र होईन,  ढुङ्गा फोड्ने, गिठी कुट्ने काममा अदक्ष मजदुरको माग बढेको

यहाँका सवै निर्माण कार्यमा स्थानिय मजदुरहरु नै प्रयोग भएको सडक पहुँचसँगै खुलेको नयाँ रोजगारीको अवसरबाट यस क्षेत्रमा कम्तीमा एक हजारबढी मजदुर लाभान्वीत छन सामान्य गिटी कुट्ने महिला मजदुरले पनि दैनिक सय देखी एक हजारबढी आम्दानी गरेका छन यो कमाई औषत नेपाली निर्माण मजदुरको भन्दा बढी हो

घरको खेतीवाली, गाईगोठ भ्याएर उव्रेको समयमा पनि काम गर्ने ठाउँ पाईएको काम दु:खको भएपनि शिप अनुसारको काम पैसा पाईएको पोखरेघार सडकको दुरविनडाँडा स्थित ढुङ्गाखानीमा गुट्टी गुट्दै गरेकी मनवुजा नेपालीले भनिन्, ‘अग्रीम पेश्की लिएर गिटी कुट्छौं माग पुर्याउनै सकेका छैनौं

सडक निर्माणपछि रैथाने प्रविधीका घर भत्कदै आधुनिक आरसीसि शैलीका भवन बन्न थालेका छन विद्यालय, श्वास्थ्य चौकी, गाउँपालिकाका वडा कार्यालय समेतका सरकारी कार्यालयहरु पनि आधुनिक शैलीमा निर्माण भैरहेका छन प्रख्यात अन्नपूर्ण चक्रिय पदमार्गको उत्कृष्ट गन्तब्य तातोपानीघोडेपानीघान्द्रुक पदयात्रा मार्गमा धमाधम नयाँ पर्यटक होटल निर्माण पुराना शैलीका भवन विस्थापित गर्दै आधुनिक भवन निर्माण भैरहेका छन होटल पूर्वाधार मात्र होईन सरकारी क्षेत्रबाट पनि यही क्षेत्रको मुक्तिमार्ग माविले भर्खर नयाँ आरसिसि भवन निर्माण गरेको भने शिख मावि निर्माणाधिन अवस्थामा घारमा आधुनिक श्वास्थ्य चौकी भवन निर्माण भैरहेको भने गापाको वडा कार्यालय निर्माण चरणमा

अव परम्परागत पुराना काठे घरमा पर्यटकको आर्कषण छैन आधुनिक पूर्वाधारयुक्त नभै पर्यटकलाई आकर्षित गर्न नसक्ने भएपछि आरसिसि संरचनाको आधुनिक होटल पुन:निर्माण थालेको हुँपुनहिलका पर्यटन ब्यवसायी शुशिल पुनले भने, ‘घोडेपानी/पुनहिल नजिककै गिठीवालुवा दुरविनडाँडाको ढुङ्गाखानीबाट ल्याउनु पर्ने भएकोले सडक आएपछि वल्न यहाँका ब्यवसायीले भवन बनाउने होडवाजी भएको

सडक निर्माणपछि भवन निर्माण खेतीपातीमा ब्यवसायीकरण मात्र होईन, जलविधुत आयोजनाहरु पनि धामाधम निर्माण हुन थालेका छन बेनीजोमसोम सडक जोडिएका ग्रामिण सडकहरु निर्माणस्थल सम्मै पुगेपनि अन्नपूर्ण गाउँपालिकामा मात्र वटा आयोजना निर्माणाधिन निर्माण चरणमा छन जलविधुत आयोजना निर्माण शुरु भएपछि छुट्टै तिन हजारबढी स्थानियले निर्माण मजदुरमा रोजगारी पाएका छन साना ठेक्कापट्टा यातायातका साधनमा पनि काम बढेको

भनिन्छ, सडक पुग्न गाहे, पुगेपछि अन्य विकासका पूर्वाधार पछ्याउँदै आउँछन समाज विकासको महत्वपूर्ण पूर्वाधार हो, सडक शहरबाट खाद्यान्न पेय पदार्थ गाउँ पुर्याउने काम मात्र गरेको छैन, गाउँका उत्पादन भएका कृषी उपज बजार पुर्याउने मध्यम पनि भएका छन सडक दैलोमा पुगेपछि यहाँका कृषकले बारीबाटै आलु समेतका तरकारी विक्रिगरी राम्रो आम्दानी गर्न थालेका हुन लेकाली गाउँसम्म कच्ची ट्रयाक मात्रका सडक भए यातायात चल्छ, ढुवानी सहजहुँदा गाउँको उत्पादन  बजार पुग्छ, दैनिक उपभोग्य बस्तु सस्तो मुल्यमा दैलोमा आईपुग्छ

सडकले दुई बर्षमै खेती प्रणालीमा परिवर्तन मात्र ल्याएन, रैथाने जीवन शैलीमै परिवर्तन आएको रोजगारी विकास पूर्वाधारका ढोका पनि खुलेको अन्नपूर्ण गाउँपालिका, का वडाध्यक्ष कृष्ण बरुवालले भने, ‘सडक निर्माणपछि तरकारी, फलफुल खेतीमा धेरथोर ब्यवसायीक हुन थालेका छन जलविधुत आयोजनाले पनि काम गर्ने भएको