FLASH NEWS
  • Loading...

बझाङ प्रदेश सभा-१ मा एमालेका दमन निर्वाचित

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ८० पटक पढिएको
बझाङ प्रदेश सभा-१ मा एमालेका दमन निर्वाचित

बझाङ जिल्लाको प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्।

भण्डारीले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गरेका हुन्। मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याए । कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्। भण्डारी र सिंहबीचको मतान्तर २६६ छ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो। यहाँ ११ दलका उम्मेदवार थिए। २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्।