FLASH NEWS
  • Loading...

नयाँ सडक खन्ने विवाद ः कुहुँ–पूर्णगाउँ–टोड्के सडकमा यातायात संञ्चालन अवरोध

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ८५ पटक पढिएको
नयाँ सडक खन्ने विवाद ः कुहुँ–पूर्णगाउँ–टोड्के सडकमा यातायात संञ्चालन अवरोध

मंगला गाउँपालिका वडा नं १ कुहुँ र पूर्णगाउँ दुई वस्ती विच पर्यटकीय गन्तब्य टोड्केहिल जोड्ने नयाँ ट्रयाक (सडक) खन्ने विषयमा विवाद उत्कर्षमा पुगेको छ ।
कुहुँ–पूर्णगाउँ दुई वस्ती विच विवाद बढेपछि कुहुँपक्षले आईतवार विहानै सीमास्थल अँधेरीखोलामा पर्खाल लगाई र रुख ढालेर याताायात अवरुद्ध गरेका छन । सडकमा पर्खाल लगाई छेकेपछि बेनी–कुहुँ–पूर्णगाउँ–टोड्के सडकमा यातायात आवत–जावत अवरुद्ध छ ।
गाउँपालिकाको बजेटबाट कुहु वस्तीले भीरकटेराहुँदै पर्यटकीय गन्तब्य टोड्के जोड्ने सडक खन्न सुरु गरेपछि छिमेकी पूर्णगाउँवासी असन्तुष्ट थिए । कुहुँबाट पूर्णगाउँहुँदै टोड्के जाने सडक चालु अवस्थामै रहँदा ‘पूर्णगाउँवस्तीलाई ओझेलमा पार्ने’ मनसायले नयाँ सडक खन्न खोजिएको भन्दै विरोधमा थिए ।
विवाद विच कुहुँ वस्ती क्षेत्रबाट करिव २ किमी सडक खन्दै पूर्णगाउँवस्ती सिमानामा पुगेपछि पूर्णगाउँको पात्लेपानी सामुदायीक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालयमा सामुदायीक वन नासेर सडक खन्न लागिएको भन्दै निर्माण रोक्न उजुरी गरेका थिए । डिभिजन वन कार्यालयको आदेशमा सडक निर्माण रोकिँदा आक्रोशित कुहुँवस्तीका स्थानीयले पूर्णगाउँ वस्ती जाने सडक अवरुद्ध गरेका हुन ।
‘कुहुँ र पुर्णगाउँ वस्तीको सीमा क्षेत्रको अँधेरीखोला भन्ने स्थानमा अज्ञात समुहले पर्खाल र रुख ढालेर यातायात अवरुद्ध बनाएको अवस्था छ’ मंगला गाउँपालिका, १ कुहुँका वडाध्यक्ष एकजीत रोकाले भने, ‘पर्यटकीय क्षेत्र टोड्केहिल पुग्ने वैकल्पिक सडक खन्ने विषयमा दुई वस्ती विच विवाद थियो । त्यही विवादले यातायात अवरुद्ध भएको बुझिन्छ ।’
कुहुँ र पूर्णगाउँ दुई वस्ती विच पर्यटकीय गन्तब्य टोड्केहिल जोड्ने नयाँ ट्रयाक (सडक) खन्ने विषयमा विवाद दोस्रो पटक वल्झेको हो । वडा कार्यालयले ०७६ सालमै कुहुँ वस्तीबाट भीरकटेराको पाखाहुँदै टोड्के जोड्ने सडक खन्न खोजेको थियो । त्यस समयमा पनि पूर्णगाउँको पात्लेपानी सामुदायीक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालयमा यस्तै उजुरी दिएपछि सडक निर्माण रोकिएको थियो । त्यससमयमा सडक निर्माण समितिको अध्यक्ष थिए, वर्तमान वडाधयक्ष एकजीत रोका मगर । उनै एकजीत रोका वडाध्यक्ष निर्वाचित भएपछि कुहुँवासीले पुनः सडक खन्न दवाद दिँदै आएका थिए । स्थानीयको दवाव झल्न नसकेपछि वडाध्यक्षले फेरी कुहुँ–भीरकटेरा–टोड्के ४ किमी सडक खन्न प्रयास गर्दा विवाद फेरी वल्झेको हो ।