FLASH NEWS
  • Loading...

बेनी–गलेश्वर सडकमा ‘बिटुमिन ब्लीडिङ’, राेक्न बालुवा छर्दा सडक धुलाम्मे

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १३६ पटक पढिएको
बेनी–गलेश्वर सडकमा ‘बिटुमिन ब्लीडिङ’, राेक्न बालुवा छर्दा सडक धुलाम्मे

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अर्न्तगतको बेनी–गलश्वेर ३ किलोमिटर खण्डमा गरिएको कालोपत्रे सडकमा विटुमिन ब्लीडिङहुँदा (सडक कालोपत्रे गर्दा विच्छाएको अलकत्रा बाहिर निक्लिँदा) दुर्घटनाको जोखिम बढेको छ ।
गत मंसिरको चिसो मौषममा सडक कालोपत्रे गर्दा विटुमिन (अलकत्रा)को मात्रा बढी विच्छाईएकोले अहिले तापक्रम बढेसँगै विटुमिन उम्लेने (रोड ब्लीडिङ)समस्या हुने समस्या आएको हो । डिविएसडी प्रविधीको कालोपत्रे गरीएको सडकमा तापक्रम बढेसँगै बिटुमिन (अलकत्रा) उम्लेर बाहिर आएपछि सडकमा सवारी साधन चिप्लिने र पैदल यात्रा गर्दा च्याप च्याप खुट्टा अल्झने भएको छ ।
सडक इन्जिनियरहरुका अनुसार १ वर्ग मिटर क्षेत्रफल सडकमा १ देखी १.२ लिटर विटुमिन हाल्नु पर्नेमा बेनी–गलेश्वर सडकमा राख्नु पर्ने अनुपात भन्दा बढी प्रति वर्गमिटर १.५ देखी १.८ लिटरसम्म विटुमिन छर्केकोले समस्या आएको हो । आयोजनाका साईड हेर्ने इन्जिनियरहरुले वेवास्ता गरेको वा सडक कालोपत्रे गर्दा नियमन नै नगर्दा ठेकदारबाट लार्पवाही भएको हुन सक्ने अनुमान छ ।
‘बेनी–गलेश्वर सडकमा बिटुमिन ब्लीडिङ हुने (अलकत्रा उम्लने) समस्या आएको छ । चैतपछि मात्र चार पटक स्याण्ड सिल्क (वालुवा) हालें अझै समस्या छ’ बेनी–गलेश्वर सडक कालोपत्रे गरेका ठेकेदार शुवास कार्कीले भने, ‘मंसिरमा सडक कालोपत्रे गर्दा राम्रो भएको थियो, बिटुमीनले राम्रो समाएकोले एउटैपनि चिप्सहरु खेर गएन । तर अहिले गर्मी बढेपछि उम्लेर हैरान बनाएको छ ।’
ठेकेदार कार्कीले थपे, ‘सडक पीच गर्दा १३ लाखबढी मुल्यको बिटुमिनमा अतिरिक्त खर्च भएको थियो । अहिले त्यही बिटुमिन ब्लिडिङहुँदा रोक्न चार पटक बालुवा छर्न ३ लाखबढी खर्च भैसक्यो । ?’
बिटुमिन उम्लने (ब्लीडिङ) रोक्न ठेकदारले कालो च्याप च्याप लाग्ने सडकका बालुवा हालेपछि सडकमा हिड्नै नमिल्नेगरी धुलो उड्ने गरेको छ । सडकमा हेर्नै नमिल्नेगरी अधिक धुलोले दुई पाङ्गे सवारी यात्रा थप जोमिखपूर्ण बनेको छ । पैदल यात्रा गर्न उस्तै सास्ती भएको छ ।
सडक कालोपत्रे गरेको ५ महिना नवित्दै बिटुमीन ब्लीडिङ भै सवारी साधन चिप्लने र टाँसिने मात्र होईन, बेनी–गलेश्वर ३ किलोमिटर खण्डमा दर्जनबढी स्थानमा उप्केर खाल्डाखुल्डी पर्न थालेको छ ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–गलश्वेर खण्ड सडक स्तरउन्नत गरी ८ मिटर चौडा कालोपत्रे बनाउन दुई वर्षभित्र काम सक्ने कार्यादेशमा १२ करोड ७५ लाख ९४ हजारमा ठेक्का सम्झौता गरेको ठेकेदार धनञ्जय/मंङ्गलदेखी सुवास कन्ट्रक्सन जेभीलाई ठेक्का दिएको थियो । ठेकदारले पनि एक बर्ष भित्रै काम सम्पन्न गरेको थियो । तर काम चाँडो सकेर सवैको धन्यवाद पाएको ठेकदार कम्पनीले पीच ५ महिना नपुग्दै उप्कने र ब्लीडिङ भैरहने समस्या देखिएपछि गुणस्तरमा भने प्रश्न उठेको छ ।
सडकको माथिल्लो सतह चिल्लो र लचिलो तथा भित्री तहसम्म मजवुत बनाउन सडकमा बिटुमिन/अलकत्रा ओच्छ्याउने वा पीच गर्ने भनिन्छ । पेट्रोलियमको कच्चा तेल प्रसोधनगरी पेट्रोल, हवाई इन्धन, डिजेल, खाना पकाउने ग्याँस, मट्टीतेल जस्ता सामाग्री निकालेपछि बाँकी रहेको तरल रिफाईनि क्रुड आयलबाट बिटुमिन बन्छ ।