FLASH NEWS
  • Loading...

नयाँ वर्षको उपलक्ष्यमा एमाले म्याग्दीको चियापान

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १११ पटक पढिएको
नयाँ वर्षको उपलक्ष्यमा एमाले म्याग्दीको चियापान

सत्तारुद्ध दल नेकपा (एमाले) म्याग्दीले नयाँ वर्ष २०८१ को अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा जिल्ला प्रमुख राजनैतिक दलका अगुवाहरु, निजामति तथा सुरक्षा अधिकारीहरु, सामाजिक संस्थाका अगुवाहरु सहभागी भएका छन ।
चियापान कार्यक्रममा एमाले केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा, संविधान सभा सदस्य गोविन्द पौडेल, रेशमबहादुर बानियाँ, काँग्रेसका कार्यवाहक सभापति हरीकुमार श्रेष्ठ, माओवादी केन्द्रका शेरबहादुर केसी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसमेत सुरक्षा अधिकारीहरु सहभागी रहे ।
त्यसैगरी म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी बहुमुखी क्याम्पस, रेडक्रस सोसाईटी समेत सामाजिक संघसंस्था र एमाले बेनी क्षेत्रका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।