FLASH NEWS
  • Loading...

एसईई चटारोमा विपिन-कुमारी थापाका आमाछोरा

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ७४३ पटक पढिएको
एसईई चटारोमा विपिन-कुमारी थापाका आमाछोरा

यस वर्ष सदरमुकाम बेनीका कुमारी थापा र विपिन थापाका आमाछोरा चैत १५ गतेदेखी सुरू हुने माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा सामेल हुँदैछन ।
बेनी नगरपालिका, ३ भकिम्ली स्थाई घर भै सदरमुकाम बेनीमा बस्दै आएकी कुमारी थापाले यहाँको उज्यालो वैकल्पिक विद्यालयबाट र छोरा सन्तोषले प्रकाश माध्यामिक विद्यालयबाट एसईई परिक्षा दिँदैछन ।
महेन्द्ररत्न माध्यामिक विद्यालय बरंजामा कक्षा ६ पढ्दै विवाह गरेकी ४० बर्षिया कुमारीले पढाई छोडेको १८ बर्षपछि चार वर्ष अघि वयस्क गृहणीहरुकालागी खुलेको उज्यालो वैकल्पिक विद्यालयमा भर्ना भएकी थिईन । कुमारीकी छोरीले बेनीकै स्नातक अध्ययनरत छिन । आमाछोरा नै एसईई दिंदै भएपनि तयारी भने छुट्टाछुट्टै बसेर गरेका छन । छोरा विपिनले बेनीकै मदरल्याण्ड होस्टेलमा बसेर परिक्षा तयारी गरिरहेका छन भने आमा आमा कुमारीले घरमै । कुमारीलाई छोरीले गाईड गरेकी छिन ।
‘छोराछोरी हुर्के । फुर्सदमा थिएँ, उज्यालो विद्यालयले बयस्क आमाहरुलाई पढाउने गरेको थाहापाएपछि स्कुल छोडेको १८ बर्षपछि ७ कक्षामा भर्ना भै पढ्न थालेकी हुँ’ एसईई परिक्षा तयारीमा रहेकी कुमारी थापाले भनिन, ‘छोरासँगै परिक्षा दिन पाउँदा खुसी लागेको छ । यो उमेरमा एसईई दिँदैछु तर परिक्षा देखी डर भने लागेको छैन, क्याम्पस पढ्ने धोकोले लाज, डर सवै भगाएको छ ।’
यस वर्ष जिल्लाबाट सवैभन्दा जेष्ठ विद्यार्थीको रुपमा उज्यालो बैकल्पिक विद्यालयकी ५० बर्षिया लिलादेवी पुनले एसईई परिक्षा दिंदैछिन । ०४३ सालमा जयन्ती मावि भकिम्लीमा ५ कक्षा पढ्दै स्कुल छोडेकी लिलादेवीले ३६ बर्षपििछ उज्यालो बैकल्पिक विद्यालयमा ७ कक्षामा भर्ना भएर पढाईलाई निरन्तराता दिएकी हुन । पुनका श्रमिान विदेश छन भने दुई छोरीहरु एचए र स्टार्फ नर्स अध्ययनगरी काठमााण्डौमा कार्यरत छन । छोराले १२ पास गरेका छन ।


उज्यालो बैकल्पिक विद्यालयबाट लिलादेवी पुन, कुमारी थापा र रसिला परियारगरी ३ जना गृहणीहरुले एसईई परिक्षामा सहभागी हुँदैछन । ५ र १४ बर्षका दुइ छाेराहरूलाइ बाेर्डङ स्कुल पठाएपछी फुर्षदकाे समय उपयाेग गर्न उज्यालाे स्कुल अाउन थालेकी बेनी नगरपालिका, ९ घतान नेप्टेचाैरकी रसिलाले ७ कक्षाा पढेर छाेडेकी थिइन । स्कुल छाेडकाे १६ बर्षपछी रसिला परियार एसइइ परिक्षामा सहभागी हुन पाउँदा अाैधी खुशी छिन ।

१५–६० बर्ष उमेर समुहका सवैलाई साक्षर बनाउन निरन्तर शिक्षा अर्न्तगत ०७३ सालदेखी बेनीमा वैकल्पिक विद्यालय खुलेको हो । विद्यालयमा सरकारको निरन्तर शिक्षा अर्न्तगतकै अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम पढाई हुने गरेको छ ।
वैकल्पिक विद्यालयमा तह ४ उत्तिर्ण गरे कक्षा ८ र पाचौं तह उत्तिर्ण गरे कक्षा १० सम्मको औपचारिक शिक्षा प्राप्त गर्न सक्छन । अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम अध्ययन/अध्यापन गराउने गरेको छ । तर कक्षा ८, ९ र १० कालागी अनौपचारिक तर्फको पाढ्यक्रम नपाएपछि औपचारिक विद्यालयकै पाठ्यक्रम पढाउने गरिएको छ ।
त्यसैविच जिल्लाबाट नियमित तर्फ १ हजार ८ सय ४० जना, ग्रेडबृद्धी तर्फ २३ जना र प्राविधिकधार तर्फका ७९ जनागरी १ हजार ९ सय ४२ जना विद्यार्थीले एसईई परिक्षा दिँदैछन । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार सवैभन्दा कम अन्नपूर्ण गाउँपालिका, ७ हिस्तान स्थित टिकोट माध्यामिक विद्यालयबाट ४ जना र बढी सदरमुकाम बेनीको बेनी सामुदायीकबाट एक सय १९ जना विद्यार्थी एसईई परिक्षामा सामेल हुँदैछन ।