FLASH NEWS
  • Loading...

एमाले म्याग्दीले फागुन १८-३० सम्म पालिका अधिवेशन गर्ने

  • पुनहिल डट कम
  • २ महिना अघि
  • ३२६ पटक पढिएको
एमाले म्याग्दीले फागुन १८-३० सम्म पालिका अधिवेशन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले फागुन १८ गतेदेखी ३० गतेसम्म जिल्लाका सवै पालिकाहरूकाे अधिवेशन गर्ने भएकाे छ ।

एमाले म्याग्दी अध्यक्ष वालकृष्ण सुवेदीका अनुसार यही फागुन १८ गते धवलागिरी गाउँपालिका अधिवेशन, २४ गते मालिका गापाकाे, २६ गते रघुगंगा गापा,  २८ गते मंगला गापा,  २९ गते अन्नपूर्ण गापा र अन्तिममा ३० गते बेनी नगरपालिका स्तरिय अधिवेशन गर्ने मिती तय भएकाे छ ।

एमालेका केन्द्रीय सदस्य एवं पूर्व सांसद भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटी सदस्यद्वय हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, एमाले म्याग्दीका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, एमाले केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य सन्तोष रावललगायत नेताहरुको विशेष उपस्थिति पालिकाहरूकाे अधिवेशन मिती तय भएका हुन ।