FLASH NEWS
  • Loading...

पुष २९ देखी माघ २ गतेसम्म बेनीमा माघे सक्रान्ति मेला लाग्ने

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २३९ पटक पढिएको
पुष २९ देखी माघ २ गतेसम्म बेनीमा माघे सक्रान्ति मेला लाग्ने

मगर/पुन समुदायकाे प्रमुख चाड माघे संकान्तीकाे अवसर पारेर मगर/पुन जाती बाहुल्य म्याग्दीमा पुष २९ देखी माघ २ गतेसम्म माघे सक्रान्ति मेला लाग्ने भएकाे छ ।

यसपालीकाे माघे संकान्ती मेला म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिले आयोजनामा  गर्न लागेकाे हाे । मगर/पुन जातीकाे प्रमुख चाड भएपनी माघे संक्रान्ती मेलामा एकै जना मगर/पुन महिला अायाेजक समितीमा छैनन ।

यस पटकके माघे संक्रान्ति मेलामा मेलामा खुला नृत्य र आमाहरुको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षण रहने मुल अायाेजकले बताएकाे छ । मेलामा अायाेजना हुने खुला नृत्यमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु २० हजार, १० हजार र ५ हजार तथा आमाहरुको एकल लोकनृत्यमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु १० हजार, ६ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्धनिसान र महिला पुरुषको लठो तान्ने र छेलो फाल्ने लगायतका प्रतियोगिता समेत मेलामा समावेश गरिएको महिला उद्यम विकास समितिका महासचिब प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, मेलामा जिल्लामा रहेका विभिन्न जातजाति , संघ संस्था र समूहको पहिचान झल्कने झाँकी पर्दशनी सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत रहनेछ । मेलालाई सफल बताउन विभिन्न २२ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्रता दिईएको महिला उद्यम विकास समितिले जनाएको छ ।