FLASH NEWS
  • Loading...

धार्मिक पर्यटनको गन्तब्य बन्दै मालिकाधुरी

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १३० पटक पढिएको
धार्मिक पर्यटनको गन्तब्य बन्दै मालिकाधुरी

प्रशिद्ध धार्मिक पर्यटकीय गन्तब्य मालिकाधुरीमा पर्यटक पुग्ने पर्यटकके संख्या बर्षेनी बढ्दै जान थालेको छ । हालै म्याग्दीका पत्रकारहरू पनी मालिकाधुरीको प्रर्यटन प्रर्वधन गर्न हाईकिङ गर्दै मालिका धुरी यात्रागरी फर्केको छ ।

मालिका गाउँपालिका, ७ विमको सिरानमा अवस्थ्ति विम, दुखु र पाखापानीको सिर जोडिएको ३१६९ मिटर अग्लो डाँडाको टुप्पो नै मालिका धुरी हो । मालिकाधुरी हिन्दु धार्मिक गन्तब्य बाहेक उच्च स्थानमा रहेको गन्तब्य भएकोले प्राकृतिक दृष्यावलोकनकालागी प्रख्यात छ ।

मालिका धुरीबाट जिल्लाको अधिकाँश भाग र बाग्लुङ्गका केही क्षेत्रसम्म हेर्न सकिन्छ । जेष्ठी पूर्णिमाको दिनमा यस मालिका धुरीमा रहेको मन्दीरमा धार्मिक मेला लाग्छ । प्राकृतिक दृश्यावलोकनकालागी उपयुक्त स्थल भएपनि मालिकाधुरीमा पुग्ने सूविधायुक्त पदमार्ग, खानेपानी, टि–हाउस, रेष्टुरेन्ट, आवास समेतका अत्यावश्यक पूर्वाधारको अभाव छ ।