FLASH NEWS
  • Loading...

लाेकप्रिय थाली नाचकी सर्जक हिरामायाँ पुन र संरक्षक धनकुमारी थापा सम्मानित

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • ५३८ पटक पढिएको
लाेकप्रिय थाली नाचकी सर्जक हिरामायाँ पुन र संरक्षक धनकुमारी थापा सम्मानित

म्याग्दीको चिमखोलामा सृजना भै देशविदेशमा चर्चित थाली नाचकी सर्जक हिरामायाँ पुन र सो नाचलाई देशविदेशमा परिचित गराउने धनकुमारी थाफालाई शुक्रवार बेनीमा एक कार्यत्रमका विच सम्मानित गरिएको छ ।

शुक्रवार बेनीमा आयोजना गरेको १२ औं श्रृखला लोकवार्ता संगोष्ठीका अवसरमा लोकवार्ता परिषद नेपालले पुन र थापा समेत जिल्लाको इतिहाँस तथा कला संरक्षणमा योगदान दिने चार जना श्रष्टालाई सम्मान गरेको हो । श्रष्टाहरुलाई जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी र परिषदकी लोकवार्ता संयोजक प्रतिभा पुनसमेतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

चर्चित थाली नाच हिरामायाँ पुनले विस २०२८ सालमा स्थानीय चिमखोलाको पञ्चेवाजाको तालमा थाली नाच नाचेर सुरु गरेकी थिईन । पुनले सृजना गरेको थाली नाचलाई चिमखोलाकै धनकुमारी थापाले विसं २०४४ सालमा काठमाण्डौमा सम्पन्न सार्क सम्मेलनको अवसरमा प्रस्तुत गरेपछि देशविदेशमा चर्चा सुरु भएको हो ।

हिरामायाँ पुनले चिमखोला र वरपरका गाउँमा लाग्ने विहेवारी र मेलापर्वमा देखाउने थाली नाचको सीपलाई धनकुमारी थापाले टपक्क टिफेर जिल्ला सदरमुकामका कार्यक्रमहुँदै राष्ट्रिय स्तरका कार्यत्रममा प्रस्तुत गरी पुरस्कार जित्दै आउने गरेकी थिईन । थापाले थाली नाच पछिल्लो पुस्तामा समेत हस्तान्त्रण गर्दै आएकी छिन ।


१२ औं श्रृखला लोकवार्ता संगोष्ठीका अवसरमा जिल्लाको इतिहाँसको लेखनी र खोजीमा योगदान पुर्‍याएका कर्णबहादुर बानियाँ, अमूर्त संस्कृति झाँक्री परम्पराको संरक्षणमा जुटेका यमबहादुर पुर्जा (थाईला झाँक्री)लाई पनि सम्मान गरिएको थियो । परिषदले मालिका गापा, ७ विममा आयोजना गरेको छुट्टै संगोष्ठी कार्यक्रममा म्याग्दीमा बहुचर्चित र लोकप्रिय यानीमायाँ लोकभाखाकी सर्जक लालदेवी गर्वुजालाई पनि सम्मान गरिएको थियो ।