FLASH NEWS
  • Loading...

तिहारकाे संघारमा हल्का वर्षाकाे संभावना, माैषम चिसाे बन्दै

  • पुनहिल डट कम
  • ६ महिना अघि
  • १३४ पटक पढिएको
तिहारकाे संघारमा हल्का वर्षाकाे संभावना, माैषम चिसाे बन्दै

पश्चिमी निम्नचापीय वायुकाे प्रभावले तिहारकाे संघारमा माैषम चिसाे बन्ने तथा शनिवारदेखी दुइ दिन हल्का बर्षाकाे संभावना देखिएकाे छ ।

एउटा कमजाेर हिउँदे वर्षा गराउने वायु शुक्रवारदेखी नेपालकाे पश्चिमी भागबाट प्रवेश गरिरहेकाेले आंशिक देखी सामान्य बदली भै गण्डकीकर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको माैषम विदहरूले जनाएका छन।

संभावित हिउँदे वर्षाले तिहारलाइ निक्कै चिसाे बनाउने देखिएकाे छ । सामान्यतया कात्तिक अन्तिम चिसाे सुरू हुने सिजन भएपनि नेपाल प्रवेश गरिरहेकाे तर कमजाेर अवस्थाकाे पश्चिमी वायुले माैषमलाइ थप चिसाे बनाउने भएकाे हाे ।