FLASH NEWS
  • Loading...

पश्चिमी नेपालबाट बाहिरिन थाल्यो मनसुन

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १३१ पटक पढिएको
पश्चिमी नेपालबाट बाहिरिन थाल्यो मनसुन

पश्चिमी नेपालबाट यस वर्षको मनसुन बाहिरिन शुरु गरेको छ।

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिन शुरु गरेको जनाएको छ। शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ। मनसुन बाहिरिन भने निक्कै ढिलाे गतीमा छ । अव लगातार झरी नपरेपनी फाट्नफुट्ट दर्के पानी भने पर्न सक्ने बताइएकाे छ ।

देशका अन्य भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने विभागको आकलन छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय रहेको छ।

प्रायः नेपालबाट अक्टुबर २ मा मनसुन बाहिरिने गर्थ्याे तर यस वर्ष केही दिन ढिलो गरी अक्टुबर ६ बाट बाहिरिन शुरु गरेको छ। र अक्टुवर १०-११ सम्म पुरै बाहिरिने अनुमान गरिएकाे छ ।

त्यस्तै, यो वर्ष मनसुनको आगमन पनि ढिलो भएको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जून हो। यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिलो असार ३१ मा नेपालमा प्रवेश गरेको थियो।