FLASH NEWS
  • Loading...

मोनाको पाँचौ महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २२५ पटक पढिएको
मोनाको पाँचौ महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने

म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन अागामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने भएकाे छ।

माेना सचिव सुवाेध वरूवालले बुधवार बेनी स्थित माेना अन्तर्राष्ट्रिय कार्यकारी समितीकाे कार्यालयमा पत्रकार सम्मेलन गरी महाँधिवेशनकाे मिती र तयारी सम्बन्धमा जानकारी दिएका हुन ।यस  महाधिवेशनले मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन गर्ने छ ।
सचिव बरूवालका अनुसार महाधिवेशन अवसरमा असोज २४ र २५ गते बेनीस्थित खुल्लामञ्चमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।म्याग्दीका ६ पालिकाबाट २५ बर्ष मुनिका खेलाडी सहभागी हुन पाउने छन् ।

पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमशस् एक लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेकाे छ । त्यस्तै , महाधिवेशनको अवसरमा बेनी देखि पर्यटकीय स्थल लभ्लिहिल सम्म मोना मिनी म्याराथुन प्रतियोगिता समेत आयोजना गरिएको छ ।