FLASH NEWS
  • Loading...

बहिरा तथा सुस्त श्रवण स्राेत कक्षालाई कम्प्युटर र कलर प्रिन्टर सहयोग

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १८२ पटक पढिएको
बहिरा तथा सुस्त श्रवण स्राेत कक्षालाई कम्प्युटर र कलर प्रिन्टर सहयोग

बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो ।

मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी महिला उपाध्यक्ष ज्ञानुकुमारी बरुवाल र शिक्षा विकास समन्वय इकाई प्रमुख दलबहादुर थापाले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान), प्रधानाध्यापक भुवनप्रसाद रेग्मीलाई संयुक्तरुपमा हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इकाई प्रमुख थापाले स्रोत कक्षामा रहेका विद्यार्थीलाई सांकेतिक भाषालाई कम्प्युटरको माध्यमबाट समेत सिक्न सहज हुने बताए ।