FLASH NEWS
  • Loading...

बुधवार बेनीमा श्रीकृष्णजन्माष्टमी ‘महाँमहाेत्सव’ अायाेजना हुँदै

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १३१ पटक पढिएको
बुधवार बेनीमा श्रीकृष्णजन्माष्टमी ‘महाँमहाेत्सव’ अायाेजना हुँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । बेनीमा बुधवार नेपाल अन्तरािष्ट्रिय कृष्णभावनामृत सघ (इस्काेन नेपाल, म्याग्दी)ले श्रीकृष्णजन्माष्टमी ‘महाँमहाेत्सव’ अायाेजना गरेकाे छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले जन्म  दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

इस्काेन म्याग्दीले वुधवार दिउँसाे ३ बजेदेखी राती १२ बजेसम्म जिल्ला समन्वय समितिकाे सभाहलमा महाअभिषेक, दीपदान, श्रीकृष्ण स्तुती साँस्कृतिक कार्यक्रम, कीर्तन, प्रवचनका कार्यक्रम गरेकाे गधाइ गाैरङ्गदासले बताए ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेकाे मानिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

वृन्दावनमा गोपालहरूसँग विचरण गर्नु, दही चोरी खानु, बालसखा सुदामासँग खेल्नु , बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मा सम्मको घमण्ड चूर गर्नु, कालीय नाग दमन गर्नु, एक हप्तासम्म गोवर्धन पर्वत उचाल्नु, १६०० गोपिनीहरूसँग प्रेमक्रीडा तथा रासलीला गर्नु आदि जस्ता अनेकौँ लीलाहरू श्रीकृष्णचरित्र अन्तर्गत पर्दछन् ।