FLASH NEWS
  • Loading...

म्याग्दीमा मात्र देखाईने नागनागिनी नृत्य

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १९० पटक पढिएको
म्याग्दीमा मात्र देखाईने नागनागिनी नृत्य

म्याग्दी सदरमुकाम बेनी बजारमा मुख्य बसोबास रहेको नेवार समुदायले वर्खे नाच अर्न्तगत जनैपूर्णिमाको अवसरमा पितृको सम्झना र सम्मानमा सापारु (गाईजात्रा) देखाईनुको साथै नागनागिनी नृत्य प्रर्दशन गरेका छन ।
नेपाल भाषा मंकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार नेवार समुदायमा नेपालभर म्याग्दी बेनीमा मात्र नागनागिनी नृत्य प्रचलनमा रहेको दावी गरे । बेनीका नेवार समुदायले एक बर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मानिसलाई गाईको रुपमा सिंगारी तयार पारिएको ‘तामामाचा’ र गोठाला बनाई नागनागिनी नृत्य गर्दै दिवंगतको घर–घरमा पुग्ने चलन छ । यसरी नृत्य गर्दा मृतकले गाईको पुच्छर समाई वैतरणी पार हुने धार्मिक विश्वास छ ।
नेवार जातिको महत्वपूर्ण संस्कृति मध्य घन्टाकर्ण पर्व (गठेमंगल) अर्न्तगतका बर्खे नाच पनि एक हो । भक्तपुरबाट बाग्लुङ्गहुँदै पहाड उक्लेका नेवारहरुले ब्यापार कलासँगै नेवारी संस्कृति र सभ्यतालाई जीवित राखेका छन ।


श्रावण चतुर्दशीदेखी हरितालिका तीजसम्म मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमंगलको पहिलो दिन समाजमा दुःख दिने पात्र घन्टाकर्ण नाम गरेको राक्षसको आकृति बनाई दिनभर चौवाटोमा प्रर्दशन गर्दै साँझ नदीमा लगी बगाउने चलन छ । बेनीका नेवार समुदायले मनाउने बर्खेनाच भित्र लाखेनाच, घोडेनाच, गोरुनाच, रोपाईनाच, जोगीनाच, नागनागिनी नाच आदी देखाउने गर्छन ।
युवा पलाएन, आधुनिकताको प्रभावले लोपन्मुख अवस्थामा पुगेको बर्खेनाच तथा हनुमान नाचको संरक्षणमा नेपाल भाषा मंका खलः सकृय छ । पछिल्लो समय नेवारी समुदायको पुख्यौली संस्कृति गठेमंगल पर्वका विभिन्न सांस्कृतिक पक्षको संरक्षणमा अन्य जातजातिको समेत सकृय सहभागिता छ ।
फोटो छ ।