FLASH NEWS
  • Loading...

पुर्व शिक्षक फगामीकाे ‘कठै चरीको वेदना ’ सार्वजनिक

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • २०२ पटक पढिएको
Post Thumbnail

-तीर्थ फगामी 

चरी म हु वनमा घुम्ने चरी मेरो नाम
गाँस छैन बाँस छैन घुम्ने मेरो काम,
कहिले यता कहिले उता घुम्छु वनवनमा
कता गए सुख पाउला भनी सोच्यो मनमा
भनी सोच्यो मनमा कथै घुम्छु पनि दिनमा ।
रात पर्छ बाँस बस्छु हागा समाएर
रातभरि त्यसै बस्छु विचार कमाएर
कतातिर बस्छन होला अरु परिवार
चरी मत एक्लो ज्यान छैन घरबार ।
शिशिर रितु आउँछ जब औलतिर झर्छु
कसरी कात्ने यो जिन्दगी विचारमा पर्छु
भाग्यवस कहिले पाउछु आहार त धेरै
कहिले कहिले आहारा खोज्दै पर्यास जान्छ खेरै
पर्यास जान्छ खेर कथै जिन्दगीमा धेरै ।
लेकतिर घुम्दैफिर्दै पहाडको काखमा
मिर्ग फूल रमाएर घुम्दै खेल्दै साथमा
जाडो ठाँउ रात कात्छु टाउको लुकाएर
पखेटाको मुनितिर सिर झुकाएर
सिर झुकाएर कठै मन दुखाएर ।
फाल्गुन चैत लाग्छ वनमा जङ्गल खोजी खोजी
मुखमा जङ्गल च्यापीकन ठाउ रोजी रोजी
एक जोडा परिवार कति आहोर पोहोर
ओसारुत्त साधन छैन लाग्यो मलाइ बोहोर
भयो मलाइ बोहोर कठै कसो हुने होर ।
बल्लबल्ल घर बनाइ हागाको बिचमा
त्यसै भित्र फूलपारी छोपी बसि सितमा
कहिले बस्छु गुडभित्र कहिले त आहारा
पालो पालो गरि कठै जिवनको सहारा ।
केही दिन छोपी गुद छोराछोरी जन्मे
कहिले आउछ्न आमाबाबा भनी आ,आ गरे ।
नागो शरीर भोको पेट कति भयो जादो
आमा तातो शरीर नत उठेन कादो
कालाकाला भुत्ला उमृ जादो छेक्न थाली
एताउती चाउरा खोजी छोराछोरी पाली
एकदिन दुवै वनमा चाउरा खोज्न भनी
दुर्भाग्यवस ब्याधा आइ घर देख्यो पनि
घर देख्यो पनि कठै भाग्यमानी बनी ।
रमाएर ब्याधा चढयो रूख हल्लाएर
आमा आए चाउरा खोजी भनी रमाएर
ब्याधा हस्यो पत्थर सरि दिल फुकाएर
पासो थापन आयो गुन दुख लुकाएर
दुख लुकाएर कठै हागा नुगाएर ।
चाउरा खोजी आउँदा गुन केहो यस्तो चाल
फुकाउत हात छैन भयो विहाल
नजिक जादा ब्याधा हान्छ ढुङ्गा
यस्तो किन भयो अब कसरी चलाउ डुङ्गा ।
नजिक आयो भुइँ उदि गयो अर्को रूख
घर भत्काइदिइ मान्न थाल्यो सुख
मान्न थाल्यो सुख कठै कसरी हेरु मुख
आ,आ गर्दै गुनबात भुइमा खसी हाले
पखेटाले फटयाएर श्वास ल्याउन थाले
कसरी हेर्नु यस्तो चाल आफ्नो छोराछोरी
अस्ताइहाले लोक छोडे कति भयो दुरि
यस्तो पापी ब्याध किन सम्झेन भोलि
त्यसतै चाल हुनपनी सरापेको बोली ।
बैराग हाय पारिकन हास्दै गयो वर
निर्दयी लाई किन सधै राम्रो हुने छर
किनहुने छर कठै भाग्यमानी पर ।
सन्सारमा जति छन प्रानी
बाच्ने आसा मरेसी खरानी
सोचोउ बुझोउ हजुर मनैमा
जीवा एकै भनेर मनैमा ।।
-घराम्दी