FLASH NEWS
  • Loading...

गलेश्वरको साउने साोमबारे भेटी ९ लाखबढी

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • १६७ पटक पढिएको
गलेश्वरको साउने साोमबारे भेटी ९ लाखबढी

बेनी नगरपालिका, ९ गलेश्वर स्थित गलेश्वरधाम शिवालय मन्दीरमा साउन महिनाका ५ वटा सोमबार भक्तजनले चढाएको ९ लाख २७ हजार २३ रुपैयाँ भेटी जम्मा भएको छ ।
गलेश्वर क्षेत्र विकास कोषले गलेश्वर शिवालय मन्दीरमा साउने सोमबार दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी हरेक मंगलवार प्रहरी समेत सरोकारवालाहरु राखेर गणना गर्ने र कोषको खातामा जम्मा गर्ने गरेको छ ।
यो वर्ष साउन महिना भर मलमास अवधिमर कुनै धार्मिक कार्य गर्दा फल प्राप्ती नहुने विश्वासमा गलेश्वर शिवालय मन्दीरमा पनि िभक्तजनको सहभागीता न्यून रहेको थियो ।
गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार साउनको पहिलो सोमबार ३ लाख ६५ हजार छ सय ४५, दोस्रो सोमबार ९६ हजार एक सय ४१, तेस्रो सोमबार १ लाख ४१ हजार नौ सय ५६, चौंथो सोमबार एक लाख ४४ हजार सात सय ९१ र पाँचौं सोमबार १ लाख ७८ हजार चार सय ९० रुपैयाँ भेटी संकलन भएको थियो ।
गलेश्वर मन्दीरले पछिल्लो एक दशकदेखी साउनका सोमबार, शिवरात्री र वालाचर्तुदशी मेलामा संकलन भएको भेटी भोलीपल्ट र अन्य दिनको भेटी हरेक महिनाको पहिलो दिन गणना गर्दै आएको छ ।