FLASH NEWS
  • Loading...

साउनको पहिलो सोमबार गलेश्वरधामा भक्तजनको घुइँचो

  • पुनहिल डट कम
  • १० महिना अघि
  • १५४ पटक पढिएको
साउनको पहिलो सोमबार गलेश्वरधामा भक्तजनको घुइँचो

म्याग्दीको बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भिड लागेको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा पुजापाठका लागि भक्तजनको घुइँचो लागेको हो । साउन महिनाको सोमबार भगवान शिवको पुजा आराधाना गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको छ ।

अाजदेखी मलमास सुरू हुने र मलमासकाे समय अवधिमा कुनै धार्मिक कार्य गर्न नहुने र फल प्राप्ती नहुने विश्वास भएकाेले साउनकाे पहिलाे साेमबार बढी भक्तजन गलेश्वर समेत शिवालय मन्दीरमा पुगेका हुन ।

साउनको पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि म्याग्दीका साथै पर्वत,बागलुङ,मुस्ताङ चितवन, काठमाडौँ, पोखरा, नवलपरासी,लगायतका ठाउँबाट ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर धाममा आज बिहानैदेखि पूजाआजाको विशेष प्रबन्ध मिलाइएको र पुजा र दर्शनलाई व्यवस्थित र सहज बनाउन विहानै देखि सुरक्षाकर्मी र स्वयसेवकहरु परिचालन गरिएको क्षेत्र विकास काेषका अध्यक्ष माधव रेग्मीले बताए ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वरमा पछिल्लो समय भारतीय भक्तजनहरु पनि उल्लेख्य मात्रामा आउने गरेका छन् ।