FLASH NEWS
  • Loading...

नेवारी संस्कृति ः बेनीमा गठेमंगल मनाइयाे

  • पुनहिल डट कम
  • १० महिना अघि
  • १७८ पटक पढिएको
नेवारी संस्कृति ः बेनीमा गठेमंगल मनाइयाे

बेनी बजारमा मुख्य बसोबास रहेको नेवार जातिको महत्वपूर्ण संस्कृति मध्य घन्टाकर्ण पर्व (गठेमंगल) अर्न्तगतका बर्खे नाच पनि एक हो ।
श्रावण चतुर्दशीदेखी हरितालिका तीजसम्म मनाईने गठेमंगलमा घन्टाकर्ण राक्षसको आकृति बनाई चौवाटोमा प्रर्दशन गरी नदीमा विर्सजन गरिन्छ । शनिवार बेनीमा नेपाल भाषा मंका खःलको आयोजनामा घन्टाकर्ण राक्षसको प्रतिक बनाई बेनी परिक्रमा गराई कालीगण्डकी र म्याग्दीखोलाको दोभानमा लगेर सेलाईएको थियो ।
भक्तपुरबाट म्याग्दीको बेनीमा आएका नेवारले ब्यापारकलासँगै नेवारी संस्कृति र सभ्यतालाई जीवित राखेका छन । बर्खेनाच भित्र लाखेनाच, घोडेनाच, गोरुनाच, रोपाईनाच, जोगीनाच, नागनागिनी नाच आदी देखाउने गर्छन ।