FLASH NEWS
  • Loading...

वेमौषमी हिमपातले सास्ती

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२२ पटक पढिएको
वेमौषमी हिमपातले सास्ती

तस्वीर साैजन्य ः नविन पुन, महरे

जिल्लाको माथिल्लो क्षेत्रका पर्यटकीय गन्तब्यमा वेमौषमी हिमपात भएपछि त्यहाँ पुगेका पर्यटकले सास्ती पाएका छन ।
हिउँ पर्ने समय घर्केपछि धवलागिरी–अन्नपूर्ण वेसक्याम्प समेत जिल्लाका खोप्रा, पुनहिल, महरे लगाएतका उपल्लो क्षेत्र पुगेका पर्यटक वैशाख दोस्रो साता परेको वेमौषमी हिमपातपछि ति स्थानमा रोकिएका छन । हिउँ पर्ने मुख्य सिजन पुस/माघ महिनामा नपरेको हिउँ वैशाख दोस्रो साता देखी पर्न थालेको हो ।
‘वेमौषी हिमपातले पर्यटकलाई सास्ती भएको छ । हिमपातपछिको मनोरम दृष्यावलोकन गर्न त गज्जव राम्रो भएको छ । तर पर्यटकको यात्रा तालिका फेरिएको छ ्’ महरे सामुदायीक लजका म्यानेजर नविन पुनले भने, ‘हिमाली क्षेत्रका साँघुरा र भिरालो बाटो हिउँले ढोकिएकोले दुर्घटनाको जोखिम कम गर्न पर्यटकलाई यात्रा स्थगीत गर्न लगाएका छौं ।’
खोप्रा तथा महरे डाँडा प्राकृतिक सौन्दर्यमा रमाउन चाहने साहसीक पर्यटककालागी उपयुक्त छ । यो पदमार्ग टि हाउस र क्याप्प ट्रेकको मिश्रण हो ।
दुर्गम धवलागिरी गाउँपालिका, १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार वस्तीको वरपर बाक्लो हिमपात भएको छ । गुर्जाबाट नजिकको अर्को वस्ती लुलाङ पुग्ने बाटो हिउँले ढाकिएकोले पैदल सम्पर्क विच्छेद भएको छ ।
त्यसैगरी हिमालपारीको मुस्ताङको उपल्लो भेगमा पर्ने लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिका तथा मध्य क्षेक्रको वारागुङमुत्तिक्षेत्र गाउँपालिका क्षेत्रमा हिमपात भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त वस्नेतले बताए ।
‘माथिल्लो क्षेत्रमा हिमपात भएको छ । वेमौषमी हिमपात भएपनि स्याउ लगाएत कुनै खेती तथा पशुपालनमा क्षति पुर्‍याएको खवर छैन’ सहायक प्रजिअ वस्नेतले भने, ‘चिसो भने अत्याधिक बढेको छ । उपल्लो क्षेत्रमा पुगेका पर्यटक आज रोकिएपनि अलपत्र पर्ने स्थिती छैन ।’