FLASH NEWS
  • Loading...

गर्बुजाले ल्याए ‘लाहुरे’

  • पुनहिल डट कम
  • १ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail

लोकगायक खड्ग गर्बुजाले ठाडो भाकाको गीत ‘लाहुरे’ बजारमा ल्याएका छन् । तीन दशकदेखि लोकसंगीतको क्षेत्रमा क्रियाशील गर्बुजाले नयाँ वर्षका अवसर पारेर ‘लाहुरे’ सार्वजनिक गरेका हुन् ।

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा जन्मीएका गर्बुजाको गितमा ताकम घर भई हाल अमेरिका बस्ने राहुल केसी र कलाकार केकी अधिकारीको अभिनय रहेको छ ।

आफ्नै शब्द र संगीतमा तयार भएको गीतमा गर्बुजालाई ‘द भ्वाइस अफ नेपाल–सिजन ३’ कि फस्ट रनरअप ताराश्रीष मगरले गायनमा साथ दिएकी छन् ।

आफू लाहुरे हुन नसके पनि लाहुरेहरूका कथाव्यथा समेटेर गीत गाएको गर्बुजाले बताए । रक्षा बानियाँ र आकाश केसीको निर्माण तथा सुनील क्षत्रीको कोरियोग्राफी रहेको लाहुरे केसीएम युट्युब च्यानलबाट सार्वजनिक भएको हो । राजु केसीको निर्देशन रहेको गीतमा राहुल केसी र अभिनेत्री केकी अधिकारीको अभिनय छ ।