FLASH NEWS
  • Loading...

प्रदीप गिरीले सरिता गिरीलाई भनेका थिएः ‘मेरी अभी शादी नहीं हुई है , चलो तुम मेरे साथ भाग चलो’

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६३ पटक पढिएको
प्रदीप गिरीले सरिता गिरीलाई भनेका थिएः ‘मेरी अभी शादी नहीं हुई है , चलो तुम मेरे साथ भाग चलो’
सरिता गिरी:
प्रदीप दाई र म,
आज म प्रदीप दाई को बारेमा यस्तो कुरा लेख्न गई रहेको छु जुन नियति ले निर्धारित गरेको हो । वहाँ लाई माया गर्ने धेरै जना छन । उनको प्रति सबैको प्रेमभाव प्रति मेरो असीम आदर छ । तर आज मैले यो लेखीन भने शायद कहिले पनि लेख्न सक्दीन होला ।
 
उनको कांछो भाई लक्ष्मण गिरी र प्रदीप दाई बीच अचम्भ को प्रेम थियो । त्यहाँ भक्ति पनि थियो र सखाको प्रेम पनि थियो । हामी तीनै जना संगै भएको बेला म यो भन्दै जिस्काउंथिएँ पनि कि इंजिनियर साहेब आपके भाई से भी ज्यादा आपके कार्यकत्र्ता जैसे हैं । दुई जना बीचको असीम प्रेमको एक कडी म पनि थिएँ ।
 
प्रदीप दाई संग मेरो भेंट पटना मा भएको थिए । भर्खर क्लास ११ को जाँच दिए को थिएँ । मेरो काकी नेपालको हुनु हुन्छ र निर्वासन को समयमा वहाँ हरु पटना गई राख्नु हुन्थियो । त्यस्तै एउटा भ्रमण को दौरान मा पटना मा तीन चार जना नेपाली मेरो काकी को कोठा मा बस्नु भएको थियो । म बाहिर थिएँ र मलाई बोलाइयो ।
 
म कोठामा पसी एक कुना मा बसी हालें । वहाँ ले एक पछि अर्को प्रश्न गर्न थाल्नु भयो , हिंदीमा । मैले सके सम्म एउटा राम्रो विद्दाथी जस्तो जबाब दिंदै गयें ।
 
त्यस पछि केही बेर चुप लाग्नु भयो र एक्कासी हास्दै भन्नु भयो , मेरी अभी शादी नहीं हुई है , चलो तुम मेरे साथ भाग चलो ।
 
कस्तो कस्तो लाग्यो । म त्यस बेला मात्र १६ वर्ष को थिएँ । यो मजाक हो कि केहो जस्तो पनि लाग्यो । चुपचाप कोठा बाट बाहिर निस्कें ।
 
यस घटना को लगभग २ वर्ष पछि मेरो लक्ष्मण गिरी संग मांगी विवाह भएको हो । विवाह गरी पछि बस्तपिुर आए पछि परिवार का सदस्य हरु बारे बुझ्दा बिस्तारै थाहा भयो प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरी का दाजु हुन । पछि मैले थाहा पाएँ प्रदीप गिरी त्यही व्यक्ति हुन जसलाई मैले पटना मा भेंटे को थिएँ । वहाँ विवाहमा शरीक हुनु भएको थिएन । पछि भन्नु भयो , जब पता चला कि मेरे ही भाई से तुम्हारी शादी हे रही है तो कुछ अजीब सा लगा और मैं शादी में नहीं आया ।
 
प्रदीप दाई संगको थोड बहुत संगतमा उनको विद्वता संग प्रभावित न हुने त कुरा नै थिएन । जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले वहाँ संग सीख्ने अवसर वा समय पाई न । तर टाडा भएपनि राजनीति मा वहाँ मेरो प्रेरणा श्रोत जहिले पनि रहनु भयो । वहाँको प्रभावमा म आध्यातिमकता लाई पनि बुझें । प्रेमको आध्यत्मिक स्वरुप के हुन्छ, मैले वहाँको संगतमा बुझें ।
 
जीवन मा जस्तो सुकै कठोर मोडमा वहाँको र उनको भाई लक्ष्मण गिरी को प्रेम र संरक्षण पाउने भाग्यमानी मध्येको एक म पनि हुँ ।
 
मेरो जीवनमा पिता बाहेक प्रभाव राख्ने दुई पुरुष लक्ष्मण गिरी र प्रदीप गिरी हुन । आज तीनै जनता यस संसारमा हुनु हुन्न ।  तीनै जना प्रति असीम श्रद्धा र प्रेम व्यक्त गर्दछु ।
 (पूर्वमन्त्री सरिता गिरीको फेसबुक पेजबाट)