FLASH NEWS
  • Loading...

धवलागिरीमा गठवन्धन विजय

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९५ पटक पढिएको
Post Thumbnail

म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा गठवन्धन विजय भएको छ ।
गाउँपालिका अध्यक्षमा गठवन्धन (काँग्रेस)का प्रेम पुनले ३ हजार १ सय २३ मत पाएर विजयी भएका छन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी थपसरा पुनले २५४८ मत पाइन ।
त्यसैगरी उपाध्यक्षमा गठवन्धन (माओवादी केन्द्र)का खिम पुनले २ हजार ८ सय ४२ मत पाएर विजयी भए । पुनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रगती कार्कीले २ हजार ६ सय १८ मत पाए ।
धवलागिरी गाउँपालिकाका ७ वटा वडामध्य एमालेले २, ४ र ६ वडा जितेको छ । गठवन्धनका काँग्रेसले ३ र ५ वडा, माओवादी केन्द्रले १ र ७ वडा जितेका छन ।
०७४ सालमा एमालेले जितेको धवालागिरीमा यसपटक गठवन्धनले हात पारेको हो । एमालेले यसपटकको निर्वाचनमा ३ र ७ वडाध्यक्षसहित पालिका अध्यक्ष, उपाध्यक्ष दुवै गुमाएको छ ।