FLASH NEWS
  • Loading...

प्रणाली ह्याक गर्ने इमेल आएपछि बैंक बित्तीय संस्थामा ‘हाइ अलर्ट’

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२८ पटक पढिएको
प्रणाली ह्याक गर्ने इमेल आएपछि बैंक बित्तीय संस्थामा ‘हाइ अलर्ट’

अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको छ। गत साउनमा पनि इमेल लेख्दै प्रणाली ह्याक गर्ने चेतावनी दिइएको थियो।

कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ। राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको छ। 

साउदी ग्रुप अफ कम्पनी नामबाट इमेल पठाइएको छ। स्रोतका अनुसार, प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा इमेलमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताउँदै अहिलेसम्म कुनै पनि अट्याक नभएको जानकारी दिए।

‘हामीले राष्ट्र बैंकको पनि प्रणाली हेरिसक्यौं। बैंकहरुलाई पनि हेर्न भनेका छौं’ उनले बिजमाण्डूसँग भने, ‘अहिलेसम्म कुनै समस्या देखिएको छैन।’

राष्ट्र बैंकले बैंकर्स संघका अध्यक्षलाई प्रणाली ह्याक हुन सक्ने सन्देश पठाएपछि बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले सबै बैंकरलाई भाइबर ग्रुपमार्फत सचेत हुन भनेका छन्। विकास बैंक र फाइनान्स कम्पनीलाई पनि अलर्टमा राखिएको छ।

गत साउनमा पनि ह्याकरले नेपाली बैंक ह्याक गर्ने इमेल पठाएका थिए। तर ह्याकरले दावी गरेजस्तो प्रणालीमा नराम्रो भने केही पनि भएन।