FLASH NEWS
  • Loading...

घोरेपानीकी पर्यटन ब्यवसायीद्धारा कोरोना अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११७ पटक पढिएको
घोरेपानीकी पर्यटन ब्यवसायीद्धारा कोरोना अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

कोरोनाले पर्यटन/होटल ब्यवसाय धरासायी भएकै अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ घोरेपानीकी पर्यटन ब्यवसायी मीना पुनले अन्नपूर्ण गाउँपालिकाको कोरोना अस्पताललाई ५० हजारबढीको स्वास्थ्य सामाग्री सहयोग गरेकी छिन ।
पर्यटकीय स्थल घोरेपानी स्थित होटल सुपर भ्युकी संञ्चालिका मीना पुनले ५० हजार मुल्य वरावरको पल्स अक्सिमिटर, स्यानेटाईजर, मास्क, भिटामिन सी, डि, जिंक, डिकोल्ड, भिभोसिट्रजिन समेतका स्वास्थय सामाग्री तथा औषधीहरु गाउँपालिका अध्यक्ष डमबहादुर पुन मार्फत स्थानीय कोरोना अस्पताललाई सहयोग गरेको स्वास्थ्य संयोजक समुद्र बरुवालले बताए ।