FLASH NEWS
  • Loading...

अन्नपूर्ण हिमालमा रूसका तीन आरोही बेपत्ता

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३२ पटक पढिएको
अन्नपूर्ण हिमालमा रूसका तीन आरोही बेपत्ता

अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक सम्पर्कविहीन भएका छन्।

आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको  सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिए।

उनका अनुसार उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको छ। कैलाश हेलिकोप्टरमा शेर्पाको टोली परिचालन गरिएकाे गुरागाईंले जानकारी दिए । बेपत्ता रूसी नागरिकको नाम भने खुलाइएकाे छैन । विश्वको १०औँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छ।

आरोहणको हिसावले सवैभन्दा कठिन, अधिक हिमपहिरो गैरहने र किलर माउण्टेनको रुपमा चिनिएको ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमालमा हालै ६ नेपाली महिलासहित ६८ जनाले आरोहण गरेका थिए ।