FLASH NEWS
  • Loading...

गुगलको जस्तै इमेल सेवा सञ्चालनमा ल्याउने तयारीमा जुम

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७४ पटक पढिएको
गुगलको जस्तै इमेल सेवा सञ्चालनमा ल्याउने तयारीमा जुम

कोरोना भाइरसको महामारीको समयमा विश्वभर प्रसिद्ध बनेको अमेरिकी प्रविधि कम्पनी जुमले गुगल र माइक्रोसफ्ट कम्पनीलाई चुनौती दिने भएको छ।

छोटो समयमै विश्वभर आफ्नो बलियो पकड बनाउन सफल भएको कम्पनी जुमले आफ्नै इमेल सञ्चालनमा ल्याएर गुगल र माइक्रोसफ्टलाई चुनौती दिने भएको हो।

कम्पनीले गुगलको जस्तै इमेल सञ्चालनमा ल्याउने तयारीका साथै छुट्टै क्यालेन्डर एपसमेत सञ्चालनको तयारीमा रहेको बताइएको छ।

पछिल्लो समाचारअनुसार जुमले एक वेब मेल सेवा विकास गर्न सुरू गरिसकेको छ र अर्को वर्षभित्रै आफ्नो केही सीमित ग्राहकलाई उक्त सुविधा उपलब्ध गराउने छ।