FLASH NEWS
  • Loading...

दशैंमा नयाँ नाेट र नेपाली नाेटकाे इतिहाँस

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १३६ पटक पढिएको
दशैंमा नयाँ नाेट र नेपाली नाेटकाे इतिहाँस

काठमाडौँ — यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो ।

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ ।

नेपालमा २००२ साल असोज १ गतेदेखि कागजी नोट छापिन थालेको र २०१२ सालको ऐन बमोजिम २०१४ सालमा नेपाल राष्ट्र बैंक स्थापना भए पनि चलनचल्तीमा ब्रिटिस इन्डियाकै नोट अर्थात् कम्पनी नोट थिए। २०१४ सालमा नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन बनाइ २०१७ सालदेखि स्थान तोकी क्रमशः देशैभरि लागू गर्दै लगियो।
यसका लागि नेपाल राष्ट्र बैंकले विभिन्न स्थानलाई सटही केन्द्र बनाउनुका साथै घुम्ती काउन्टरसमेत राखेर कम्पनी रुपैयालाई नेपाली नोटसँग साट्ने व्यवस्था मिलाएको थियो।