FLASH NEWS
  • Loading...

रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७४ पटक पढिएको
रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति

देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ। राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका पौडेल निर्वाचित भएका हुन्।

पौडेलले ३३ हजार ८०२ मतभार पाएका छन्। उनले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ८९६ मतभार पाएका छन्।

उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे। राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ।

राष्ट्रपति निर्वाचनमा ८३१ मत खसेका थिए। जसमा संघीय संसद्का ३३२ जनामध्ये ३१३ र प्रदेश सभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका थिए।

राष्ट्रपति चुनावमा भएको मतदानअनुसार, संघीय संसद्तर्फ २४ हजार ७२७ र प्रदेशतर्फ २४ हजार ८६४ मतभार पुगेको थियो। जसको कूल मतभार ४९ हजार ५९१ रहेको थियो।