FLASH NEWS
  • Loading...

म्याग्दीको पहिरोग्रस्त बस्तीमा एकोष्टिक सेन्सर जडान

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२१ पटक पढिएको
म्याग्दीको पहिरोग्रस्त बस्तीमा एकोष्टिक सेन्सर जडान

अन्नपूर्ण गाउँपालिका, ३ मा पर्ने पहिरोग्रस्त काप्रे र फगाममा पहिरोको जोखिम र अवस्था अध्ययन गर्न एकोप्टीक सेन्सर जडान गरिएको छ ।

पहिरोको उच्च जोखिम रहेको अन्नपुर्ण गाउँपालिका, ३ दान काप्रे र फगाममा त्रिभुवन विश्वविद्यालयसहित बेलायत, क्यानडा, न्युजिल्यान्डका विभिन्न विद्यालय, भूकम्प प्रविधि राष्ट्रिय समाज, सोसल साइन्ससमेतको सहभागितामा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी संकायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धातासहितको टोलीले ‘शोधमूलक अध्ययन, अनुसन्धान’ गरेको हो ।

‘कति वर्षा हुँदा, कति कम्पन हुँदा र माटोमा कति चिस्यान हुँदा पहिरो खस्छ भनेर अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा संलग्न निमा दोर्जे भोटियाले भने, ‘पहिरो जानुपूर्व नै तयारी गर्न र त्यसका लागि नीति तथा कार्यक्रम बनाउनका लागि अनुसन्धानले मद्दत गर्छ ।’

जमिनमा गाडिएका एकोष्टिक सेन्सरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरिएका छन् । ‘उपकरण राखिएको स्थानमा पानी कति पर्‍यो, कति कम्पन भयो र चिस्यान कति छ भन्ने कुरा सेन्सरमार्फत डाटा रेकर्ड भइरहेको हुन्छ,’ भाेटियाले भने, ‘यसमा पहिरो जाँदै छ भनेर साइरन बज्ने त हुँदैन तर जमिनभित्रको तथ्यांकले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्वतयारी गर्न, मनसुन योजना बनाउन सहज हुन्छ ।’

‘स्लोप मोनिटरिङ इक्युपमेन्ट जडित एकोप्टीक सेन्सरले पहिरोग्रस्त क्षेत्रको जमिनभित्र भुहलचल, जमिनको आद्रता आदीको भौर्गभिक अध्ययन गर्न मद्दत गर्छ । तर यो उपकहरणले पहिरोको अर्लिवानिङ सिस्टम भने हैन’ पहिरोग्रस्त क्षेत्रको भुगर्भिक अध्यता भोटियाले भने, ‘जियोफिजिक्सका अध्यताहरुले पाईपलाईन, सडक/हाईवे क्षेत्र र पहिरोग्रस्त क्षेत्रको भुगर्भको अवस्था अध्ययन गर्न, मनसुन योजना बनाउन र पूर्वतयारी एवं संभावित जोखिमबाट सजगता अपनाउन प्रयोग गर्छन ।’


अनुसन्धानकर्ता भोटियाका अनुसार यस्तो भौगर्भिक अध्ययन गर्ने उपकरण म्याग्दीको पहिरोग्रस्त काप्रे, फगामगाउँ बाहेक सिन्धुपाल्चोकको भोटेकोसी, बाहृविसे र दोलखाको भीमेश्वर नगरपालिका समेत १० स्थानमा जडान गरिएको छ ।
स्लोप मोनिटरिङ इक्युपमेन्ट जडित एकोप्टीक सेन्सरले हरेक १० मिनेटमा सो स्थानको जमिनको हलचल, माटोमुनीको आद्रता र पानी भारवहन क्षमता, जमिन हलचलको ध्वनी मापत समेतको डाटा अध्यताको कम्म्पुटरमामा पठाउँछ । सोही तथ्याङ्क विष्लेषणको आधारमा सरोकारवालाई खवर गरी जोखिम न्युनिकरण गराउन मद्दत पुग्ने अपेक्षा छ ।


यही प्रविधीको कारण केही वर्ष अघि भारतको हिमाञ्चल प्रदेशको मन्डी जिल्ला स्थित कोटरोपीमा ठूलो मानवीय क्षतिहुनबाट जोगिएको थियो । उपकरणले पठाएको तथ्याङकको आधारमा भारतीय प्रहरीले सो सडक खण्डमा गुडिरहेका सवारी साधन हटाए लगत्तै ठूलो पहिरो गै सडक पूर्ण ध्वस्त भएको थियो ।