FLASH NEWS
  • Loading...

बाबियाचौरको काफलबोटमा जीप दुर्घछना, एक यात्रुको मृत्यु, सात जना घाईते

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४१८ पटक पढिएको
बाबियाचौरको काफलबोटमा जीप दुर्घछना, एक यात्रुको मृत्यु, सात जना घाईते

सदरमुकाम बेनीबाट यात्रु लिएर गन्तब्य तर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जीप मंगला गाउँपालिका, २ काफलचौरमा दुर्घटनाग्रत हुँदा सवार एक यात्रुको मुत्यु भएको छ ।
बेनीबाट १६ किलोमिटर पश्चिम मंगला गाउँपालिका, १ कुहुँ तर्फ गैरहेको जीप अन्दाजी ११.३० बजे काफलचौरको उकालोमा दुर्घटनाहुँदा जीपमा सवार मंगला गाउँपालिका, १ की फौमाायाँ गर्वुजा (६१) को मृत्यु भएको हो । गम्भीर घाईते गर्वुजा उपचारकालागी सदरमुकाम बेनी पुर्‍याउँदा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजन ढकालका अनुसार दुर्घटनामा परि ७ जना घाईते छन । दुर्घटनामा परी गम्भीर घाईते मंगला गापा, २ की सन्तु केसी (३४), उनकी छोरी सिवानी केसी (१०) र छोरा रिवान केसी (५)लाई थप उपचारकालागी पोखरा रिफर गरिएको छ । अन्य घाईते मंगला गापा, १ का बबिना परियार (१५), टेकबहादुर गर्वुजा (३८), भमिकला नेपाली (५०) मंगला गापा, २ का विपना कार्की (२२) को बेनी अस्पतालमै उपचार भैरहेको छ ।
प्रहरीका अनुसार यात्रु ओराल्न उकालोमा गाडी रोकी टायरमा ओट राख्न खोज्दा जीप पछाडी गुडेर सडकमुनी खेतमा खसेको थियो । जीप चालक प्रहरी नियन्त्रणमा रहेका छन ।