FLASH NEWS
  • Loading...

दुर्घटनास्थलबाट ३० भन्दा बढी शव निकालियो, दुर्घटनामा परेकाहरूलाई जीवित भेट्न कठिन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११८ पटक पढिएको
दुर्घटनास्थलबाट ३० भन्दा बढी शव निकालियो, दुर्घटनामा परेकाहरूलाई जीवित भेट्न कठिन

काठमाडौंबाट पोखराकाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।

दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ ।

विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । घटनास्थलमा उद्धार कार्य जारी छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।