FLASH NEWS
  • Loading...

२३ बर्षपछि म्याग्दी काँग्रेस संसद छिर्ने संकेत

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३९ पटक पढिएको
२३ बर्षपछि म्याग्दी काँग्रेस संसद छिर्ने संकेत

२३ वर्ष पछि गठवन्धनका उम्मेदवार खमबहादुर गर्वुजाले म्याग्दी काँग्रेसलाई प्रतिनिधी सभा (संसद भवन)मा प्रवेश गराउने संकेत देखिन थालेकाे छ ।

जारी मतगणनामा गर्वुजाले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकोले संभावना बढाएको हो । यद्दपी मतगणना जारी रहेकाेले पूर्वानुमान कहिले काहीं जनमतकाे अवमुल्यन पनि हुन सक्छ ।
०४८ र ०५१ सालमा एमालेबाट पराजित काँग्रेसलाई ०५६ सालमा हेलिकोप्टरमा आएका नेपाली सेनाका सेवा निवृत्त कर्नेल स्व.नारायणसिं पुनले प्रतिनिधी सभा भारी मतान्तरले विजयी गराएका थिए । २३ बर्षपछि म्याग्दी काँग्रेसलाई पुन: ससदमा पुर्‍याउन बेलायती सेनाका सेवा निवृत्त खमबहादुर गर्वुजाले तेस्रो प्रयासमा गठवन्धन सहयोगले एमालेको विरासत भत्काउने संभावना प्रवल देखिएको छ ।
नेपाली काँग्रेस म्याग्दीका सभापति रहेका गर्वुजा यस अघी ०७० सालका आम निर्वाचनमा एमालेका नवराज शर्मासँग र ०७४ सालका आम निर्वाचनमा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित भएको थिए । गर्वुजा ०६४ सालमा समानुपातिक तर्फ नाम शिफारिस भएपनि निर्वाचित भएनन ।