FLASH NEWS
  • Loading...

म्याग्दीबाट २३ बर्षपछि काँग्रेसका खमबहादुर गर्वुजा विजयी, प्रदेश १ र २ मा माअाेवादी केन्द्रका भण्डारी र जुग्जाली विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७४ पटक पढिएको
म्याग्दीबाट २३ बर्षपछि काँग्रेसका खमबहादुर गर्वुजा विजयी, प्रदेश १ र २ मा माअाेवादी केन्द्रका भण्डारी र जुग्जाली विजयी

म्याग्दीबाट प्रतिनिधी सभा सदस्य पदमा गठवन्धनबाट काँग्रेसका खमबहादुर गर्वुजा २४ हजार २१ मत पाएर विजयी भएका छन । गर्वुजाका निकटतम प्रतिद्वन्द्वी एमालेका हरीकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत पाए । उनले निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई ३ हजार ८ सय ३२ मतान्तरले पराजित गरेका छन ।
गर्वुजा तेस्रो प्रयासमा गठवन्धनको सहयोगले प्रतिनिधी सभा सदस्य निर्वाचित भएका हुन । यस अघी ०७० सालमा एमालेका नवराज शर्मासँग र ०७४ सालमा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित भएका थिए ।
०४८ र ०५१ सालमा एमालेबाट पराजित काँग्रेसलाई ०५६ सालमा हेलिकोप्टरमा आएका नेपाली सेनाका सेवा निवृत्त कर्नेल स्व.नारायणसिं पुनले भारी मतान्तरले संसदमा पुर्‍याएका थिए । २३ बर्षपछि उनै नारायणसिंका चेला बेलायती सेनाका सेवा निवृत्त लाहुरे खमबहादुर गर्वुजाले तेस्रो प्रयासमा एमालेको विरासत भत्काएका हुन ।
टिकट बाँडफाँड गर्दा म्याग्दीमा प्रतिनिधी सभा सदस्यमा नेकपा माओवादी केन्द्रको भागमा र प्रदेश सदस्यहरु काँग्रेसको भागमा परेको थियो । तर गर्वुजाले केन्द्रीय निर्णय उल्ट्याएर आफुले प्रतिनिधी सभा सदस्य र प्रदेश माओवादी केन्द्रलाई दिएर पनि टिम ब्यवस्थापन गरेका थिए ।

प्रदेश क्षेत्र १ मा भान्जाले जिते मामालाई
गण्डकी प्रदेश सभा म्याग्दी निर्वाचन क्षेत्र (१)मा गठवन्धनबाट माओवादी केन्द्रका हरी भण्डारी १२ हजार ७ सय ४० मत पाएर विजयी भएका छन ।
भण्डारीका निकटतम प्रतिद्वन्द्वी देवेन्द्रबहादुर कटुवालले ११ हजार ७ सय ६५ मत पाए ।
नाताले नजिकका भान्जा हरीबहादुर भण्डारीले मामा एमालेका देवेन्द्रबहादुर कटुवाललाई पराजित गरेका हुन । कटुवालकी आमा र भण्डारीकी हजुरआमा (आमाकी आमा) सहोदर दिदी बहिनी हुन ।
०६३ सालपछि तत्कालिन भगवती गाविस स्तरिय माओवादीको वाईसिएलबाट राजनितीमा होमिएका भण्डारी अहिले माओवादी केन्द्रको जिल्ला सदस्य र रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष छन ।
वैदेशिक रोजगारीको शिलसिलामा ०६१ सालमा कतार पुगेका भण्डारी स्वदेश फर्केपछि यातायात ब्यवसायमा जोडिएका थिए । सुरुमा उनी बसको सहचालक र पछि बस तथा जीप चालक भएर लामो समय यातायात क्षेत्रमा सकृय रहे । जीवन संघर्षबाट खारिएका भण्डारी अहिले जीप चालकबाट जीप वेच्ने डिलर ब्यापारी बनेका छन । भण्डारीको बेनीमा महिन्द्र गाडी र टिभिएस मोटरसाईकल/स्कुटर बेच्ने, मर्मत गर्ने राराहरी अटो पार्टसको धवलागिरी स्तरिय डिलर चलाउँछन ।
०६२/०६३ को जनआन्दोलनपछि माओवादीबाट राजनितीमा हाम फालेका भण्डारी छोटो समयमा राजनितीमा उदायका हुन । साथीभाईसंग फरासिला र मिलनसार भण्डारी सहयोगी पनि छन ।

प्रदेश क्षेत्र २ मा जुग्जाली िवजयी
त्यसैगरी यस अघि प्रदेश सभा क्षेत्र २ बाट माओवादी केन्द्रकै रेशमबहादुर जुग्जाली विजयी भएका थिए । 
जुग्जालीले ९ हजार ४ सय ५४ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यामबहादुर गुर्वुजाले ९ हजार ३ सय ५३ मतले पछ्याएका थिए । गठवन्धनका जुग्जालीले एमालेका गर्वुजालाई एक सय एक मतान्तरले विजयी भएका हुन ।
नेकपा माओवादी केन्द्रका म्याग्दी संयोजक रहेका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित भएका थिए । यस प्रदेश क्षेत्र २ मा गठवन्धनको मतले विजयी बन्न सफल भएका हुन । जुग्जाली ०७४ सालका स्थानीय तहमा मालिका गाउँपालिका, ७ विमको वडाध्यक्ष निर्वाचित थिए ।
गठवन्धनमा टिकट भागवण्डामा म्याग्दीको प्रतिनिधी सभा सदस्य माओवादी केन्द्रलाई र दुवै प्रदेश सभा सदस्य पदमा टिकट काँग्रेसको भागमा परेको
थियो । उनै जुग्जालीको जोडवलमा प्रतिनिधी सभा सदस्य पदको टिकट सत्ता गठवन्धनको काँग्रेसलाई दिएर प्रदेश सभाको दुवै टिकट माओवादी केन्द्रले लिएको थियो ।