FLASH NEWS
  • Loading...

म्याग्दी प्रदेश २ मा गठवन्धनका रेशमबहादुर जुग्जाली विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७८ पटक पढिएको
म्याग्दी प्रदेश २ मा गठवन्धनका रेशमबहादुर जुग्जाली विजयी

गण्डकी प्रदेश सभा सदस्यमा म्याग्दी प्रदेश क्षेत्र २ बाट गठवन्धनबाट माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली एक सय एक मतान्तरले विजयी भएका छन ।
जुग्जालीले ९ हजार ४ सय ५४ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यामबहादुर गुर्वुजाले ९ हजार ३ सय ५३ मतले पछ्याएका थिए । गठवन्धनका जुग्जालीले एमालेका गर्वुजालाई एक सय एक मतान्तरले पछि पार्दै विजयी भएका हुन ।
नेकपा माओवादी केन्द्रका म्याग्दी संयोजक रहेका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित भएका थिए । यस प्रदेश क्षेत्र २ मा गठवन्धनको मतले विजयी बन्न सफल भएका हुन । जुग्जाली ०७४ सालका स्थानीय तहमा मालिका गाउँपालिका, ७ विमको वडाध्यक्ष निर्वाचित थिए ।
गठवन्धनमा टिकट भागवण्डामा म्याग्दीको प्रतिनिधी सभा सदस्य माओवादी केन्द्रलाई र दुवै प्रदेश सभा सदस्य पदमा टिकट काँग्रेसको भागमा परेको थियो । उनै जुग्जालीको जोडवलमा प्रतिनिधी सभा सदस्य पदको टिकट सत्ता गठवन्धनको काँग्रेसलाई दिएर प्रदेश सभाको दुवै टिकट माओवादी केन्द्रले लिएको थियो ।