FLASH NEWS
  • Loading...

मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९६ पटक पढिएको
मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

मुस्ताङबाट प्रतिनिधी सभा सदस्यमा काँग्रेसका २९ बर्षिय योगेश गौचन विजयी भएका छन । गौचनले ३ हजार ९ सय ९२ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जानकारी दिएको छ ।
गौचनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाए ।
०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा प्रतिद्वन्द्वी रोमी गौचनलाई ४ सय ८५ मतान्तरले पराजित गरेका एमालेका प्रेम तुलाचनलाई ५ बर्षपछि उनै रोमीका छोरा योगेश गौचनले ९ सय ५० मतको फराकिलो मतान्तरले पराजित गरेका छन ।
नेपाली काँग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा महाँधिवेशन प्रतिनिधी रहेका अविवाहित गौचन बाबुको रोमी गौचनको ‘विंडो’ थाम्न राजनितीमा होमिएका हुन । काँग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनले यस पटक आफु पछाडी सरेर छोरा योगेशलाई तुलाचनसँग भिडाएका थिए ।
विजनेस म्यानेजमेन्टमा स्नातक गरेका गौचन पोखरामा त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स पालिको एमडी हुन । गौचन र तुलाचन भौगोलिक रुपमा छिमेकी र राजनैतिक तथा पारिवारिक रुपमा चीरपरिचित प्रतिद्वन्द्वी हुन । थासाङ गाउँपालिका, ३ लेतेमा बेनी–जोमसोम सडकमाथी तुलाचनको र सडकमुनी गौचनको घर/होटल छन ।
०७० सालअघिसम्म मुस्ताङमा काँग्रेसको दवदबा थियो । रोमी गौचनले ०५६ र ०७० सालको संविधान सभामा निर्वाचित भएका थिए । सामाजिक, आर्थिक हैसियतमा बर्षोदेखी गाैचन र तुलाचन विच टकराव भैरहेपछि प्रेम तुलाचन ०७४ मा एमाले प्रवेश गरे । र मुस्ताङमा एमालेलाई विजयी बनाए । जुन साख तुलाचनले यस पटक जोगाउन सकेनन ।