FLASH NEWS
  • Loading...

हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा मतदान सुरु

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९९ पटक पढिएको
हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा मतदान सुरु

हिमालपारीको जिल्ला मुस्ताङ र वारीको हिमाली जिल्ला म्याग्दीमा शान्तिपुर्ण मतदान सुरु भएको छ
मुख्य निर्वाचन कार्यालय म्याग्दीका अनुसार सवै १ सय २० वटै मतदान केन्द्रमा विहान ७–७.३० बजेदेखी शान्तिपुर्ण रुपमा मतदान भैरहेको जनाएको छ ।
म्याग्दीमा प्रतिनिधी सभाकालागी ८६ हजार १ सय २० जना मतदाताले मतदानमा भाग लिंदै छन । त्यस्तै प्रदेश सभा क्षेत्र १ तर्फ ४८ हजार ४ सय ७२ जना र प्रदेश क्षेत्र २ तर्फ ३७ हजार ६ सय ४५ जना मतदाताले मताधिकार प्रयोग गर्दैछन ।
त्यसैगरी हिमालपारीको जिल्ला मुस्ताङका सवै ३८ वटा मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अनुसार १० हजार ९ सय ५७ मतदाताले मताधिकार प्रयोग गर्देछन । त्यसमध्य सवैभन्दा थोरै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समरअधारभुत विद्यालयमा ३४ र सोही गापाको हिमाली आवि साङ्तामा ३५ जना मतदाता छन ।
त्यसैविच हिमाली आधारभुत विद्यालय मतदान केन्द्र पुग्ने मुस्ताङ–डोल्पा सडकमा हिउँसहितको पहिरो झरेकोले यातायात अवरुद्ध भएको छ । आइतवार दिउँसोसम्म पहिरो पन्छ्याउन नसके मतपेटिका ल्याउन र मतदानकालागी गाउँ गएका मतदाता फर्कन समस्या हुने भएको छ ।
‘सवै मतदान कर्मचारी र मतदाता साङता पुगेपछि शनिवार राती मुस्ताङ–डोल्पा सडकमा पहिरो झरेकोले यातायात अवरुद्ध भएको छ । हामीले डोजरसहित सेनालाई सडकको पहिरो हटाउन पठाएका छौं । बेलुकासम्म सडक खुल्ने र मतपेटिका ढुवानी हुने विश्वास छ ’ प्रमुख निर्वाचन अधिकृत इश्वरी पराजुलीले बताए ।

तस्वीर : म्याग्दीको बेनी सामुदायीक मतदान केन्द्रमा वारेसे मार्फत मतदानगरी फर्कदै एक बृद्ध । र वालमन्दीर आधारभुत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै एक महिला ।