FLASH NEWS
  • Loading...

शिख माविमा स्थगित मतदान पुन:सुचारु

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०५ पटक पढिएको
शिख माविमा स्थगित मतदान पुन:सुचारु

अन्नपूर्ण गाउँपालिका, ५ मा पर्ने शिख माध्यामिक विद्यालय मतदान केन्द्रमा विवादपछि स्थगित मतदान चार घन्टापछि ३.४५ बजेबाट पुनःसुचारु भएको छ ।
विवाद मिलाउन मतदान स्थल शिख मावि मतदान स्थल पुगेका  जिल्ला अधिकारी चिरिन्जिवी रानाले पुन:मतदान सुरु भएको जानकारी दिए । सामान्य प्राविधिक त्रुटी भएकाे विषयलाइ मतदान अधिकृतले मतदान प्रतिनिधीहरूलाइ बुझाउन नसक्दा केही घन्टा मतदान स्थगित भएकाे थियाे ।
मतदान स्थलमा मटपेटिका राख्दा मत प्रतिनिधी सभा समानुपातिक तर्फको मत पेटिका नं २ राख्नु पर्ने पर्नेमा ४ नम्बर प्रदेश समानुपातिक भोट हाल्ने स्थानमा रहेको र ४ नम्बरको प्रदेश समानुपातिकको भोट खसाल्नु पर्ने मत पेटीका २ नम्बरमा प्रतिनिधी सभा समानुपातिकको भोट हाल्ने स्थानमा परेपछि विवाद भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।
‘मतदान स्थलमा प्रतिनिधी सभा र प्रदेश सभा समानुपातिक लेखिएको स्टीकर टाँसेका पेटिका राख्दा २ नंब्रको पेटिका हुने पर्ने स्थानमा ४ को पेटिका रहेको मात्र हो । मतपेटिकोको स्टीकर फरक परेपनि मतदान प्रकृया र मतपत्र भने ठिक ढंगबाट नै वितरण भएको रहेछ । मतदान प्रतिनिधीलाई कुरा बुझाउन नसक्दा केही घन्टा मतदान स्थगित भएको हो’ प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘केही मत खसेको छ, बाँकी मतदातालाई लाईनमा राख्ने र मतदानमा सहभागी गराउने ब्यवस्था मिलाइएको छ ।’