FLASH NEWS
  • Loading...

म्याग्दीमा ५८ प्रतिशत र मुस्ताङमा ६६ प्रतिशत मत खस्याे

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२७ पटक पढिएको
म्याग्दीमा ५८ प्रतिशत र मुस्ताङमा ६६ प्रतिशत मत खस्याे

म्याग्दीमा ५८ दशमलव ७८ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा प्रतिनिधी सभाकालागी ८६ हजार १ सय २० जना मतदातामध्य ५० हजार ६ सय २५ जनाले मतदानमा भाग लिएका थिए ।
मतदान सकिएसँगै मतपेटिका सदरमुकाम ल्याउने क्रम सुरु भएको छ । जिल्लाको सवैभन्दा दुर्गम धवलागिरी गाउँपालिका, १ गुर्जा र ४ मुदीबगराको मतपेटिका सोमबार खच्चडबाट बोकाएर मुनासम्म ल्याउने र त्यहाँबाट गाडीमा सदरमुकाम ल्याउने योजना रहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए । यी मतदान केन्द्रबाट सवै भन्दा नजिकको सडक/यातायात पुग्न स्थानमा पुग्न कम्तीमा ७ घन्टा पैदल हिंड्नु पर्ने हुन्छ ।
अधिकांश स्थानमा बृद्धवृद्धा, अपाङगता भएका र अशक्त मतदाताको वारेसमा मत हाल्ने विषयमा सामान्य बाहेक उल्लेख्य विवाद रहेन ।

मुस्ताङमा ६६ प्रतिशत मतदान

हिमालपारीको चिसो मुस्ताङमा ६६ दशमलव २३ प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मदन अर्यालकाका अनुसार अस्थाइ मतदादाबाहेक मुस्ताङका कुल १० हजार ९ सय ७५ मतदातामध्य ७ हजार २ सय ५७ जनाले मताधिकार प्रयोग गरेका छन ।
त्यस्तै, मुख्य निर्वाचन अधिकृत इश्वरी पराजुलीका अनुसार राती १–२ बजेसम्म सवै स्थानबाट मतपेटीका आई पुग्ने र भोली सोमबार विहान सर्वदलिय बैठकपछि मतगणना सुरु गर्ने योजना छ । मुस्ताङको दुर्गम साङ्तावस्तीबाट मतपेटिका ल्याउन गत राती पहिरोले अवरुद्ध सडक सफा गरिएकोले राखीसम्म मतपेटीका आउने अनुमान छ ।
चिसो छल्न वेंशी झरेका र घुम्ती ब्यापारकालागी देश तथा भारतका विभिन्न सहर पुगेका मतदाताहरु मतदानमा सहभागी हुन गाउँ फर्केपछि अपेक्षाकृत बढी मतदान भएको हो । उपल्लो मुस्ताङका ६० प्रतिशत मतदाता जाडो छल्न वेंशी झरेका भएपनी मतदानको दिनदेखी एक हप्ता अगाडीदेखी जिल्ला फर्कन थालेका थिए ।
मुस्ताङका उम्मेदवारहरुले मतदानमा सहभागीता बढाउन आ–आफ्ना खर्चमा सहरका मतदातालाई बस, जीप र जहाजमा टिकट मिलाएरै मतदानस्थल पुर्‍याएका थिए ।