FLASH NEWS
  • Loading...

म्याग्दीको रुममा १ सय ७ बर्षिय बृद्धद्वारा मतदान

  • पुनहिल डट कम
  • १ साल अघि
  • १०३ पटक पढिएको
म्याग्दीको रुममा १ सय ७ बर्षिय बृद्धद्वारा मतदान

तस्वीर : इश्वर भण्डारी, मतदान अधिकृत

मालिका गाउँपालिका, २ रुम स्थित राष्ट्रिय माध्यामिक विद्यालय मतदान केन्द्र क बाट स्थानीय १ सय ७ बर्षिय जसमानी कामीले मतदान गरेका छन ।

राष्ट्रिय माध्यामिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत इश्वर भण्डारीका अनुसार स्थानीय एक सय ७ वर्षिय बृद्धले दिउँसो मतदान कर्मचारीको सहयोग लिएर दिउँसो १२ बजे मतदान गरेका हुन ।

मतदान अधिकृत भण्डारीका अनुसार ७ सय ८४ मतदाता रहेको उक्त केन्द्रमा दिउँसो २ बजेसम्म ४ सय ११ अर्थात ५२ प्रतिशतबढी मतदान भएको छ ।