FLASH NEWS
  • Loading...

दलका चुनावी सभामा मतदाताको उपस्थिती न्युन

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७९ पटक पढिएको
दलका चुनावी सभामा मतदाताको उपस्थिती न्युन

आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनले राजनैतिक दललाइ जति चुनवाी हतारो छ, त्यो भन्दा बेशी निर्वाचनका मुख्य र निर्णायक शक्ति कृषकलाई भने धान, कोदो लगाएत खेतीवाली थन्क्याउने चटारो छ ।
कृषकलाई बर्खाभरीको वाली थन्क्याउने चटारो विच चुनाव प्रचार–प्रसार गर्ने चुनावी कार्यक्रम लिएर गाउँ–गाउँ पुगेका दलका कार्यक्रममा मतदाताको उपस्थिती ज्यादै न्युन हुने गरेको छ । चुनावी सभामा उपस्थिती बढाउन सांस्कृतिक गरेपनि मतदाता आर्कषित हुन सकेका छैनन । अझ महिला, दलित समेत सिमान्तकृत समुहको उपस्थिती अझ न्यून छ । तर दलहरुले जनताको उल्लेख्य सहभागिताको दावि दोहोर्‍याएका छन ।

एक्लै चुनावमा होमिएको एमालेको चुनावी कार्यक्रममा मात्र होईन, सत्तासिन ५ वटा दलको संयुक्त चुनावी सभामा पनि मतदाताको उपस्थिती न्यून छ । कुनै पनि गाउँमा न एमाले न गठवन्धनका सभामा मतदाताको उपस्थिती न्युन छ । कतिपय स्थानमा दलका चुनावी सभामा उपस्थित मतदाताभन्दाबढी आयोजक दलका नेता कार्यकर्ता बढी हुने गरेका छन ।

‘खेतीवाली थन्क्याउने अति ब्यस्त समय भएकोले स्वभावित छ, साँझका कार्यक्रम भन्दा दिउँसोको कार्यक्रममा जनसहभागिता न्यून छ’ बेनी नगरपालिका, १ रत्नेचौर धानफाँटमा कृषकका खेत–खेत डुलेर भोट माग्दै गरेका एमाले जिल्ला सदस्य सन्तोष रावलले भने, ‘भोट माग्न घरदैलो पुगेपनि मतदाता वाली थन्क्याउन ब्यस्त छन । मुखमा आएको वाली थन्क्याउन छोडेर हाम्रो भाषण सुन्न आउ भन्न पनि भएन ।’

यही वेला मौषममा फेरवदल हुने संकेत देखाएको छ । आकाशमा बादल देखिन थालेको छ । चिसो बतास चल्न थालेकोले पानी परिहाल्ला भन्ने कृषक चिन्तित छन । पाकेर काट्न ठिक्क परेको धान, कोदो असिनाले झार्ला भन्ने पीर उस्तै छ । खेतमा पाकेको धान, कोदोवाली थन्क्याउने चटारोले कृषक ब्यस्त भएकोले उम्मेदवारले गाउँ–गाउँमा आयोजना गरेका चुनावी सभामा मतदाताको उपस्थिती न्युन भएको छ ।

‘उम्मेदवार भोट माग्न पनि आएन भन्लान भनेर मात्र गाउँमा चुनाव प्रचार–प्रसारको कार्यक्रम लिएर जाने हो । भाषण सुन्न त जनताको फुर्सद र चासो दुवै छैन । भोट स्थानीय कार्यकर्ताहरुले घरदैलो गरी माग्ने हो’ गठवन्धनबाट चुनावी कार्यक्रममा संलग्न माओवादी केन्द्रका जिल्ला सदस्य शेरबहादुर केसीले भने, ‘कार्यकर्ता र मतदाता दुवैको माग र अपेक्षा धेरै नै वढेको पाएँ ।’

चुनावी सभाहरुले मतदातालाई आर्कषित गर्न नसकेपछि उनीहरुले चुनावी रणनिती परिवर्तन गरी समुह–समुहमा मतदाताको घरदैलो अभियान शुरु गरेका छन । चुनावी सभामा मतदाता भन्दा कार्यकर्ताको भीड बढी हुने छ । रक्सी र माशु खुवाएर भोट प्रभावित पार्ने परम्परागत शैली परिवर्तन गरी ‘स्थानिय समस्या संकलन’ भन्दै उनीहरुले मतदातालाई ‘आर्थिक’प्रलोभन दिने प्रयास पनि छ ।