FLASH NEWS
  • Loading...

झरीमा रुझ्दै गलेश्वरधाममा भक्तजनको भीड, बेनी शिवालयमा पनि घुईचो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०१ पटक पढिएको
झरीमा रुझ्दै गलेश्वरधाममा भक्तजनको भीड, बेनी शिवालयमा पनि घुईचो

महाशिवरात्रिको अवसरमा सदरमुकाम बेनीदेखी ३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारामा अवस्थित ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै ढुङ्गामाथी अवस्थित गलेश्वरधाममा झरीमो रुझ्दै भक्तजनको विहानै देखी घाईचो लाग्यो ।

गलेश्वरधाममा महादेवको स्वयं उत्पन्न ज्योर्तिलिङ्गको पुजा/दर्शन गर्न म्याग्दीबाहेक बाग्लुङ, पर्वत, पोखरा, तनहुँसमेतबाट ठूलो संख्यामा भक्तजन आएका थिए । महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा ‘ॐ नम ः शिवाय’ मन्त्र जप्दै पुजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र वेलपत्र चढाउने गरिन्छ ।

गलेश्वरधाममा दिनभर भगवान शिवको पुजाअर्चना र राती भजनकिर्तत सहित चिरन्जिवी दीप प्रज्वलन, धुनी जगाउने तथा भगवानको प्रिय महाप्रसाद ग्रहण गर्ने ब्यवस्था मिलाईएको गलेश्वरधाम क्षेत्र विकास कोषले जनाएको छ ।

‘विहानै देखी झरी परेकोले भक्तजनलाई गलेश्वरधाम पुग्न र लाईनमा बसेर पुजाअर्चनाम केही कठिनाई भएपनि एक्कासी विहानै भिड लाग्ने अवस्था भएन । दिनभरी नै भक्तजनको निरन्तर आए । ३० हजारबढी भक्तजनले दर्शन/पुजा गरेको अनुमान गरेका छौं’ गलेश्वरधाम क्षेत्र विकास कोषका सचिव माधव रेग्मीले भने, ‘रात्रि जागरणवसी चार प्रहरको पुजा तथा चिरन्जिवी दीप प्रज्वलन गर्ने भक्तजन साँझसम्मै आउनेक्रम रहन्छ । रात्री पुजाकालागी छुट्टै ब्यवस्था मिलाएका छौं ।’

महाशिवरात्रिमा गलेश्वरधाममा भक्तजनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पुजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरी शिवपुजा गरिन्छ । शिवरात्रि पुजामा ब्रतकालमा शिवको ध्यान, पुजन र जप गरिन्छ । शिव फुजा गर्दा इशान मुर्क्तिलाई दुधले, अघोर मुर्तिलाई दहीले, वामदेव मुर्त्तिलाई घिउले, सद्योजात लिँगोद्धव मुर्क्तिलाई महले स्नान गराईन्छ ।

बेनी शिवालयमा भक्तजनको घुईचो

सदरमुकाम बेनी स्थित बेनीशिवालय मन्दीरमा महाशिवरात्रिको दिन भक्तजनको घाईचो लाग्यो । शिवरात्रिको विहानैदेखी झरी परेपछि गलेश्वर भन्दा नजिकैको शिवालय मन्दीर भगवान शिवको पुजाअर्चना र १ सय ८ शिवलिङ्ग पुजन गर्ने भक्तजनको घुईचो लागेको थियो ।

महाशिवरात्रिमा बेनी शिवालय मन्दीरमा पनि निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पुजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरी शिवफुजा गर्ने कार्यक्रम रहेको बेनीशिवालय संरक्षण समितिका अध्यक्ष वित्रम श्रेष्ठले बताए ।