FLASH NEWS
  • Loading...

१३औं दक्षिण एशियाली खेलकुदको उद्घाटन तयारी पूरा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९३ पटक पढिएको
१३औं दक्षिण एशियाली खेलकुदको उद्घाटन तयारी पूरा

१५ मंसीर अर्थात् भोलि अपराह्न ४ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन गर्दैछिन्। उद्घाटन समारोह तीन घण्टा १४ मिनेटको हुनेछ।
नेपालले तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एशियाली खेलकुद महाकुम्भको यो १३औं संस्करणलाई भव्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको छ।

सागको १३औं संस्करणमा जम्मा २८ खेल समावेश छन्। ती खेलमा ३१७ स्वर्ण पदक, ३१७ रजत र ४८१ काँस्य पदकका लागि दक्षिण एशियाका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। कूल दुई हजार ७१५ खेलाडी सहभागी हुने सागको यो संस्करणमा सबभन्दा धेरै नेपाली खेलाडी हुनेछन्।
५९६ खेलाडी विभिन्न प्रतिस्पर्धामा सहभागी हुने टुंगो लागेको छ भने दोस्रो ठूलो सहभागिता श्रीलंकाबाट ५६४ जनाको हुनेछ त्यसैगरी ।  ४८७ खेलाडी, भुटानबाट ४७०, पाकिस्तानबाट २६६ र माल्दिभ्सबाट २१६ खेलाडी सहभागी हुनेछन्।
उद्घाटन समारोहमा खेलाडीबाहेक १५ हजार भन्दा धेरै कलाकार तथा अन्य व्यक्तिहरू सहभागी हुनेछन्। उद्घाटन राष्ट्रपतिबाट हुनेछ। त्यसक्रममा ओलम्पियन दीपक विष्टले ओलम्पिक टर्च बाल्नेछन्। त्यसैगरी नेपालका भारोत्तोलक कमलबहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोक्नेछन्।
प्रतियोगिताका खेलहरु काठमाडौंसँगै पोखरा र जनकपुरमा पनि हुनेछन्। जनकपुरमा कुस्तीका खेल हुनेछन् भने पोखरामा महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ब्याडमिन्टन, ह्याण्डबल, ट्राथलन, बीच भलिबल र भारोत्तोलनका खेल हुनेछन्।