FLASH NEWS
  • Loading...

हिमाली जंगल निलाे गुराँसले रंगियाे

हिमाली जंगल निलाे गुराँसले रंगियाे

म्याग्दीको रघुगंगा गाउँपालिका, ७ चिमखोलाको शिरानमा पर्ने धौलागिरी आईसफल आईसफल पदमार्गको पर्ने कछुवा ओडारदेखी पूर्व कालीवराह बुक्यानमुनीहुँदै मुस्ताङको थासाङ गाउँपालिका, २ लेतेकोवाङ गाउँको पछाडीपट्टीको ढुङ्ग्याईलो पाखोमा ढकमक्क फुलेका निलो गुराँस (निलो चिमाल) ।


अंग्रेजी नाम रेडोडेन्ड्रन क्याम्पानुलेट भनिने निलो चिमाल नेपालको हिमालयनयन अल्पाईन क्षेत्रमा पाईन्छ । नेपाल बाहेक उत्तरी भारतको हिमाञ्चल, उत्तराखण्डहुँदै भुटानमा पनि पाईन्छ । नेपालको स्थानीय भाषमा निलो गुराँश, भारतको उत्तराखण्डमा ‘बुराँश’, गढवाल क्षेत्रमा सिम्रिस र हिन्दीमा चेरैलु भन्ने गर्छन ।


२–६ मिटर अग्लो झाडीको रुपमा फैलने हिमाली गुराँस (निलो चिमाल)को पात चम्किलो हरियो, तल्लो भाग मुलाय झुस भएको र घन्टी आकारका फुलका पत्रहरु हल्का निलो मिश्रित सेतोदेखी बैजनी रङ्गका हुन्छन । सामान्यतया समुद्र सतहदेखी ३ हजार २ सय देखी ३ हजार ५ सय मिटर उचाईको ढुङ्गायुक्त अल्पाईन क्षेत्रमा वैशाख–जेठ (अप्रिल देखी जुन) महिनामा फुल्छ ।