FLASH NEWS
  • Loading...

मराङमा भीरबाट लडेर र धारापानीमा ढुङ्गाले लागेर मृत्यु

  • पुनहिल डट कम
  • १ साल अघि
  • २४० पटक पढिएको
मराङमा भीरबाट लडेर र धारापानीमा ढुङ्गाले लागेर मृत्यु

|Dead body in a mortuary

धवलागिरी गाउँपालिका, ६ मराङका सङबहादुर विक (५४)को भीरबाट लडेर मृत्यु भएको छ ।
शनिवार राती अनुमानित ९ बजे छिमेकी वस्ती राम्चेमा मदिरा सेवनगरी जेल्वाङ स्थित घर तर्फ जाने क्रममा विक वुलको भीरबाट लडेको अनुमान छ ।
विक आईतवार विहान अवेरसम्म नआएपछि खोजी गर्दा राम्चे र वुल वस्ती विचको भीरमा शव फेला परेपछि पोष्टमार्टमकालागी सदरमुकाम बेनी ल्याईएको प्रहरीले जनाएको छ । प्रहरीले घट्नाको अनुसन्धान भैरहेको जनाएको छ ।
ढुङ्गाले लागेर मृत्यु
धवलागिरी गाउँपालिका, ७ धारापानीका लालु थापा (६८)को माथीबाट खसेको ढुङ्गाले लागी मृत्यु भएको छ ।
शनिवार वस्ती नजिकै पात्लापाखा सामुदायीक वन क्षेत्रको भीरमा घाँस काट्न गएका थापा रातीसम्म नफर्केपछि खोजी गर्दा सोही भीरमा ढुङ्गाले टाउकोमा चोट लागी मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भीरका माथिल्लो क्षेत्रमा दरवाङ–धारापानी–मुना सडक विस्तार क्रममा शनिवार दिउँसो डोजरले फालेको ढुङ्गाले तल भीरमा घाँस काटिरहेका थापाको टाउकोमा चोट लागेको र अधिक रक्तश्रावबाट मृत्यु भएको हुन सक्छ । एकान्त स्थलको भीरमा दुर्घटना भएकोले घट्ना कति बजे भएको हो पत्ता नलागेको पनि प्रहरीले जनाएको छ ।
‘शनिवार धवलागिरी गापा? ६ र ७ मा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुवै घट्ना आईतवार मात्र जानकारीमा आएकोले घट्नास्थल पुगी आईतवारै राती पोष्टमार्टमकालागी सदरमुकाम ल्याएका छौं’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले बताए ।