FLASH NEWS
  • Loading...

अन्नपुर्ण गाउँपालिकाकाे ४९ कराेड ७३ लाख ३६ हजारकाे बजेट सार्वजनिक

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६० पटक पढिएको
अन्नपुर्ण गाउँपालिकाकाे ४९ कराेड ७३ लाख ३६ हजारकाे बजेट सार्वजनिक

म्याग्दीकाे अन्नपुर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि  बजेट सार्वजनिक गरेकाे छ ।

अाज सुरू भएकाे १५ अाैं गाउँसभामा उपाध्यक्ष दीवाकुमारी तिलिजाले अाव ०७९/८० का लागी ४९ कराेड ७३ लाख ३६ हजारकाे बजेट सार्वजनिक गरेकी हुन । बजेटमा चालु (प्रशासनीक तर्फ ३३ कराेड १५ लाख ३७ हजार ४ सय (६६ दशमलव ६६ प्रतिशत) र पुँजीगत (विकास तर्फ) १२ कराेड १७ लाख ९८ हजार ६ सय (२४ दशमलव ४९ प्रतिशत) विनियाेजन गरिएकाे छ ।

त्यस्तै, विपद समेत विभिन्न काेषमा २ कराेड ५० लाख (५ दशमलव ०३ प्रतिशत) र अनुदान तर्फ १ कराेड ९० लाख (तीन दशमलव तीन प्रतिशत) बजेट विनियाेजन गरिएकाे छ ।

बजेटमा स्वास्थ्य तर्फ २७ लाख ५० हजार, पाेषाण कार्यक्रमकालागी १० लाख, भाैतिक पुर्वाधार तर्फ सडकमा १ कराेड ४४ लाख, रणनितिक सडक डिपिअारमा ५० लाख विनियाेजन गरिएकाे छ । पर्यटनमा ५० लाख, युवा खेलकुद तर्फ मेलामहाेत्सवमा २० लाख र खेलकुद पुर्वाधार निर्माण गर्न ८४ लाख ७६ हजार,  कृर्षी तर्फ ३० लाख बजेट विनियाेजन गरिएकाे छ । 

त्यस्तै पशु सेवा तर्फ ४० लाख, सहकारी क्षमता वृद्धी ३ लाख, अायुवेर्वेदमा ५ लाख, शिक्षा तर्फ  १ कराेड ६५ लाख २४ हजार,  वन वातावरण तर्फ ९० लाख, महिला बालबालिका तर्फ ६० लाख, लघुउद्मममा १० लाख, सुचना प्रविधीमा १५ लाख विनियाेजन गिरएकाे छ । स्थानीय अामसञ्चार माध्यमलाइ लाेककल्याणकारी विज्ञापन मार्फत ब्यवसायीक प्राेत्साहन गर्न बजेट ब्यवस्था गरिएकाे वक्तब्यमा उल्लेख छ । कर्मचारी कल्याणकारी काेषमा १५ लाख, कर्मचारी पुरस्कार १ लाख बजेट विनियाेजन गरिएकाे छ ।

त्यस्तै,  संघ, प्रदेशर र विकास साझेदारसंगकाे समपुरक काेषमा १ कराेड ५० लाख बजेट विनियाेजन गरिएकाे छ ।

स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आआफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ । नीति कार्यक्रम र बजेटसंगै आर्थिक ऐन र बिनियोजन बिधेयकसमेत सभामा पेश भै पारित भएकाे छ ।