FLASH NEWS
  • Loading...

मंसिर १९-२३ गते बेनीमा अन्तरमावि जेसिजकप हुने

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १६४ पटक पढिएको
मंसिर १९-२३ गते बेनीमा अन्तरमावि जेसिजकप हुने

म्याग्दी सदरमुकाम बेनीमा मंसिर १९-२३ गते सम्म २१ औँ अन्तरमावि जेसिजकप फुटबल प्रतियोगिता हुने भएकाे छ ।

जेसिजले प्रतियाेगितामा प्रयाेग हुने लाेगाेकाे सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे छ । फुटबलको विकास हाम्रो ध्येयः नव प्रतिभाको प्रष्फुटन मुल उद्देश्य’ भन्ने मुल नारा रहेको २१ औँ संस्करणको टाईटल स्पोन्सर राम–बिमला फाउन्डेसन बेनी रहेको छ ।

प्रतियागितामा विजेताले जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २ सय २२ र उपविजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ३२ हजार २ सय ३२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका म्याग्दी जेसिजका अध्यक्ष सुमन बानियाँले बताए ।  प्रतियोगितामा उत्कृष्ट खेलाडि धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गालेरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको छ । साथै सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ ।