FLASH NEWS
  • Loading...

विभिन्न पार्टी परित्याग गरी ५५ जना नेकपा प्रवेश

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १३४९ पटक पढिएको
विभिन्न पार्टी परित्याग गरी ५५ जना नेकपा प्रवेश

काँग्रेस समिमेत विभिन्न पार्टी परित्यागगरी ५५ जना युवा नेकपामा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

शनिवार वेनीमा नेकपाको बेनी नगरस्तरिय वैठकमा बेनीनगर, रघुगंगा, मालिका, धौलागिरी घर भएका युवाहरु नेकपा प्रवेश गरेको जिल्ला सचिव हरीकृष्ण श्रेष्ठले जानकारी दिएका छन । श्रेष्ठका अनुसार प्रवेश गर्नेहरुमा विमल विक, साधन फगामि, मिलन छन्त्याल, मनिष गौचन, जनम पुन, जिवन गर्बुजा, देवेन्द्र छन्त्याल, राजिन छन्त्याल, किशोर छन्त्याल, सविन छन्त्याल, तिलक छन्त्याल, जीत छन्त्याल, दिपेश छन्त्याल लगाएका ५५ जना छन ।

त्यसैविच रघुगंगा गाउँपालिकामा पनि १५ जना काँग्रेसका स्थानीय कार्यकर्ता प्रवेश गरेको नेकपाले दावी गरेको छ । जिल्लामा प्रतिपक्षी काँग्रेस र नेकपा विच पार्टी संगठन विस्तार तथा कार्यकर्ता प्रवेश गराउन लागी परेका छन ।